राप्रपाले ०६२/६३ पछि काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त



काठमाडौं, ३ वैशाख: काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उमेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै राप्रपा र नापितले काठमाडौंमा नयाँ इतिहास रच्न सफल भएका हुन् । राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उमेदवारले ४,४७८ मत ल्याएको छ ।

 

 

०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।


२५ चैत्र २०७८, शुक्रबार

देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भएको छ : राजेन्द्र लिङ्देन

काठमाडौं, २५ चैत: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् ।

 

 

काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् ।

 

गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए ।

 

तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए ।

Comments Box