चौतारामा एनसीसी बैक द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक बिध्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो । 

 

 

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र बिद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुति मार्फत प्रष्ट पार्नु भयो।

 

दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराउनू भयो ।

 

सयजना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागि भएका थिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक श्री गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताउनु भयो । त्यसै गरी नेपाल राष्ट्र बैंको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबध्द रहेको कुरामा थप प्रष्ट पार्दै वहाँले सहभागिहरुलाई धन्यवाद गर्नुभएको हो । सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संसथाका प्रबन्ध निर्देशक श्री टेकनाथ पोखरेलले संचालन गर्नु भएको थियो ।

 

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंकले बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।


२५ चैत्र २०७८, शुक्रबार

एनसीसी बैंकका ग्राहकलाई नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा १५% सम्म छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी.) बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने भएका छन । आज बैंक  र दराज अनलाइन सपिङ बिच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता हस्ताक्षर भएको हो । 

 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक श्री मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नु भएको हो ।

 

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन । छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । 

 

बैकका अनुसार ‘सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो ।’

 

यसअघी पनि बैकले विभिन्न संस्थाहरु सँग सहकार्य गर्दै ग्रहाक लाई छुट सेवा प्रदान गर्दै आएको छ ।


२२ फाल्गुन २०७८, आईतवार

एनसीसी बैंकका ग्राहकलाई अब नारायणी सामुदयिक अस्पतालमा १०% छुट

चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन ।

 

आज नारायणी सामुदयिक अस्पताल र बैंकका बिच ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

 

यसघी बैंकले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालसँग पनि ग्राहक लाई सुबिधा दिन सम्झौता गरिसकेको छ ।


१३ फाल्गुन २०७८

एनसीसी बैंकका ग्राहकलाई अब सुमेरु अस्पतालमा १०% छुट

ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)को डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, युएसजी, ईईजी, सीटी स्क्यान, पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

 

आज अस्पताल र बैंकका बिच ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

 

यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटी बीच द्विपक्षीय सम्झौता भएको छ । अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।