लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल



१६ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ।

 

स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले  जानकारी दिए ।

 

लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।

 

उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको हो ।

 


काठमाडौं, ६ वैशाख: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो ।

 

फेसबुक ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।’

 

उनले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याएका हुन् ।  पोष्टमा लेखिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद ।’

Comments Box