ह्याकर समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने चेतावनी !!!



नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ ।

 

बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो । “मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक ग¥यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।”

 

उहाँका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन । कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशङ्का गरिएको बैंकका अधिकारीहरु बताउँछन् ।

 

ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ«े बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।

 

साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ ।


एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्ग खटिएको प्रहरी टोलीले काठमाडौँको ठमेलबाट चिनियाँ नागरिक २९ वर्षीय वाङ सिओल ओङलाई पक्राउ गरेका छन् ।

 

काठमाडौँ महानगरपालिका– २७ ज्याठास्थितमा मेगा बैंकको एटिएम मेशिनको पिन नम्बर ह्याक गरी नगद निकाल्न खोज्दै गर्दा मङ्गलबार साँझ पक्राउ परेका उनलाई आज सार्वजनिक गरिएको परिसरले एक सूचना जारी गरी जनाएको छ । यहाँको एक होटलस्थित ४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न बैंकका एटिम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार १०० रुपैयाँ बरामद भएको प्रहरीे जनाएको छ ।

 

उनलाई बैंैकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments Box