तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले फिर्ता गरे गाडी



जुम्ला, १० वैशाख: जिल्लाकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिँदै गाडी फिर्ता गरेका छन । अ‌ाफूले प्रयोग गर्दै अ‌ाएकाे गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन ।

 

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।

 

‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाईन्छन । अब कार्यालयलाई फिर्ता गर्दा उचित ठानेर बुझाइएको हो’, न्यौपानेले भने ।

Comments Box