नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै उनीहरुले राज्यले नागरिकमाथि गर्ने व्यवहारको व्यवहारमाथि पनि प्रश्न गरेका छन् ।

काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले केपी ओलीजस्तै आफ्नो पनि प्रधानमन्त्री बन्ने सपना भएको बताउँदै ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने चाहना रहेको बताए । ‘पार्टीगत जाँदा त्यसमा सम्भव होला कि, बुढाहरूको झोला बोकेर ६० वर्षमा जाँदा उपयुक्त होला ?,’ उनले प्रश्न सोधे । यस्तै उनले २० वर्ष भएको बताउँदै २४ वर्षको उमेरमा आफूलाई सिद्धार्थनगरको टिकट दिने की नदिने भनेर प्रश्न सोधे । उनले भने, ‘म कानून पढिरहेको छु । राजनीतिमा चासो छ । २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए त्यस्तो अवस्थामा उसलाई टिकट दिनुहुन्छ कि मलाई ?’
२९ फाल्गुन २०७७, शनिबार

एमालेमा फुक्यो ७० वर्षको उमेर हद
सत्तारुढ नेकपा (एमाले) को आज सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले पार्टी महाधिवेशनको समयावधि, उमेर हद( ७० वर्ष ), कमिटीको संरचनालगायत कतिपय प्रश्नमा नवौँ महाधिवेशनबाट पारित विधानका व्यवस्थालाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउने पनि निर्णय गरेको छ । बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि थप केही सङ्गठनात्मक प्रबन्ध गर्ने निर्णय गर्दै अर्को निर्णय नहुँदासम्म मातहतका कमिटीलाई पूर्ववत् क्रियाशील रहन आह्वान गरेको छ ।