प्युठान जिल्लामा एकीकृत समाजवादी शून्यप्राय: बन्नपुगेकाे छ – सुर्य थापा



प्युठान जिल्ला उपाध्यक्ष माेहम्मद हलिम हलुवाईकाे नेतृत्वमा जिल्ला कमिटी सदस्यहरू वासुदेव गिरी र भानुभक्त भुसालसहित १५३ जना नेता कार्यकर्ता र ६५० मतदाताहरू नेकपा(एमाले)मा समावेश हुनुभएको भन्दै नेकपा एमालेका पाेलिटव्युराे सदस्य तथा जिल्ला इन्चार्ज   सुर्य थापाले सामाजिक सन्जाल फेसबूकमा लेखेका छन्:

 

माधव कु. नेपाल नेतृत्वकाे एकीकृत समाजवादी नामक विभाजनकारी गुटलाई छ महिनाभित्र प्युठान जिल्लामा उन्मूलन नै गर्ने हाम्राे उद्घाेष सार्थकताकाे निकट पुगेकाे छ। आज सरूमारानीकाे बड्डाँडामा उक्त समुहका जिल्ला उपाध्यक्ष माेहम्मद हलिम हलुवाईकाे नेतृत्वमा जिल्ला कमिटी सदस्यहरू वासुदेव गिरी र भानुभक्त भुसालसहित १५३ जना नेता कार्यकर्ता र ६५० मतदाताहरू नेकपा(एमाले)मा समावेश हुनुभएको छ। उहाँहरूकाे यस प्रवेशपछि सरूमारानीमा याे गुट शून्यप्राय: बन्नपुगेकाे छ। नव प्रवेशीहरूलाई पार्टी पाेलिटव्युराे सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले स्वागत गर्नुभयाे।
उक्त अवसरमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल,जिल्ला अध्यक्ष विजयविराज विष्ट, पूर्व अध्यक्ष तुल्सीराम शर्मा, संविधानसभा सदस्य धनबहादुर रायमाझी र जिल्ला पार्टी उपाध्यक्ष झगबहादुर विश्वकर्मा र प्रवेशकाे नेतृत्व गर्नुभएका हलुवाईले मन्तव्य राख्नुभयाे।

 

 

एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान

३ भाद्र २०७८ (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ ।

 

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गर्नुभएको हो ।

 

उहाँले भन्नुभयो, “यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नु पर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरी पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्न्स् ।”

 

अध्यक्ष ओलीले आफूहरु सत्तापक्षमै रहेको दाबी गर्दै भन्नुभयो, “प्रदेश र स्थानीय तहमा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र स्थानीय तहमा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ ।”

Comments Box