मनाङ विमानस्थल – विश्वकै सबैभन्दा उचाईमा रहेको विमानस्थल मध्य एक – अहिले सञ्चालनमा छैन ।



मनाङ विमानस्थल समुद्री सतह भन्दा ३,३८१ मिटर उचाईमा अवस्थित रहेको छ । यो विश्वकै सबैभन्दा उचाईमा रहेको विमानस्थल मध्ये एकमा पर्दछ ।

 

 

नेपालका ५४ विमानस्थल मभ्ये २२ विमानस्थल संचालनमा छैनन् ।
मनाङ विमानस्थल अहिले संचालनमा छैन् ।

 

यो विमानस्थल वि.सं. २०३७ साल फागुन १६ गते संचालन भएको थियो भने, वि.सं. २०६९ सालबाट सेवा अवरुद्ध रहेको छ । वि.सं. २०७२ सालमा विमानस्थल मर्मत गरी कालोपत्रे गरियो । धावनमार्ग मर्मत गरी परिक्षण उडान पनि सम्पन्न भएको थियो ।

प्रयाप्त यात्रु नहुँदा उडान नियमीत हुन सकेन ।
उडाननको लागत खर्च पनि न उठ्ने अवस्था देखिएपछि उडान सेवा ठप्प भएको हो ।

 

मनाङ अन्नपूर्ण सर्किट ट्रेकिङ रुटको मुख्य हब हो ।
विमानस्थलको सेवा चाँडै पुनः सुचारु गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ ।

Comments Box