मनाङको ताल गाउँमा पुरूष फुटबल तथा महिला भलिबल प्रतियाेगिता आयोजना हुँदै



नयाँ बर्ष २०७९ सालकाे अवसरमा मनाङमा खुल्ला पुरूष फुटबल तथा महिला भलिबल प्रतियाेगिता आयोजना हुने भएको छ। नासों गाउँपालिका – १ तालमा मर्स्याङ्दी युवा क्लवले प्रतियोगिता आयोजना गर्न लागेको छ । प्रतियोगिता अन्तर्गतका सबै खेलहरु तालमा नै रहेको मैदानमा हुने छन ।

 

मर्स्याङ्दी युवा क्लवका अध्यक्ष निरन गुरुङका अनुसार २०७८ चैत्र ३० गते सम्म खेलमा सहभागी हुन चाहनेहरुलाई टिम दर्ता गर्न आह्वान भएको छ । अध्यक्ष गुरुङका अनुसार क्लवले काठमाडौं, लम्जुङ, मनाङ लगायत देशै भरी बाट टोली हरु आउने अपेक्षा गरेको छ।

 

 

प्रतियोगिताको पुरुष फुटवलको प्रथम पुरस्कार १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ भने, द्वितिय पुरस्कार ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरी महिला भलिवलको प्रथम पुरस्कार २० हजार ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ भने, द्वितिय पुरस्कार १० हजार , ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ ।

 

ताल दशकौं अगाडी देखि मनाङको एक प्रमुख एक व्यापारिक क्षेत्रको रुपमा समेत परिचित छ । बेसीशहर चामे सडक सुचारु भएपछि पनि ताल क्षेत्र मनाङको चहलपहल हुने प्रमुख क्षेत्रकै रुपमा र¥यो । मस्र्याङदीको किनार मै रहेको यो बस्ती अरु दुई झरनाका कारण पनि मनोरम छ । २९७८ असार १ मा मात्र होइन त्यसपछि पनि विभिन्न मितीमा ताल क्षेत्रमा बाढी उर्लीयो । बाढीको त्यो त्रासपछि ताल क्षेत्र पुनर्निर्माण गर्ने की यहाँका वासिन्दालाई स्थान्तरण गर्ने भन्ने प्रश्न खडा भएको थियो ।

 

 


२४ असार २०७८

वर्षापछि आएको बाढीपहिराबाट नासोंमा मात्रै रु एक अर्ब भौतिक क्षति

मनाङ– अविरल वर्षापछि आएको बाढीपहिराबाट नासों गाउँपालिकामा धेरै भौतिक क्षति भएको छ । गाउँपालिकाभित्र पर्ने जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको वर्षाले गर्दा आएको बाढीपहिराले गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक संरचनामा क्षति भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । गाउँपालिकामा सबैभन्दा बढी सडकमा क्षति पुगेको उहाँले बताउनुभयो । गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सडकमा मात्रै रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ ।तीन जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको छ । यस्तै रु तीन लाख बराबरको गाउँपालिकाको एउटा मोटरसाइकल पनि बाढीले बगाएको बताइएको छ । यही असार ४ गते मस्र्याङ्दी नदीको बाढीले हिमाली जिल्ला मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । वडा नं २ बाहेक सबै वडामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ । बाढी पहिराबाट १, ३, ४, ५, ६, ७, ८ र ९ नं वडा पूर्णरूपमा क्षति भएका छन् । बाढीपहिराले ३ नं वडामा रहेका सबैभन्दा बढी भौतिक संरचनामा क्षति पु¥याएको छ । अध्यक्ष घलेका अनुसार १ नं वडाको तालगाउँ अहिले पूरै बगरमा परिणत भएको छ ।

Comments Box