आरोपित लाई पक्राउ गर्ने क्रममा मोरङमा झडप; महिला प्रहरीको मृत्यु, आज कर्फ्यु



मोरङको लेटाङमा प्रहरीको हत्या भएपछि बढेको तनावले उग्र रुप लिएको छ । स्थिति तनावग्रस्त हुने संकेत पाएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

 

कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए ।

 

महिला प्रहरीको मृत्यु

लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपको झडपमा एक महिला प्रहरीको मृत्यु भएको थियो । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचारका लागी कोशी अस्पतालमा लगिएको थियो । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् ।


२ चैत्र २०७८

नाबालिकाको बलात्कारपछि हत्या; आन्दोलन गर्ने ११ जना पक्राउ

१८ महिने नाबालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मंगलबार पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्ने ११ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो। पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले बताए।

 

केही युट्युबरहरुको रहेको प्रहरी स्रोतले जनाएको छ। तर, यो विषयमा खासै जानकारी नरहेको डिएसपी मुकारुङले बताए । ‘राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्ने ११ जना पक्राउ पर्नुभएको छ,’उनले भने,‘तर, युट्युबरहरु पनि पक्राउ परेको चाहिँ खासै जानकारी भएन।’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेका विरुद्ध मुद्दा चलाउन तयारी रहेको बताए ।

 

अधिकारकर्मीको आपत्ति

न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। पक्राउ परेका महिलाहरुलाई तत्काल छाड्नुपर्ने महिला अधिकारकर्मी शुशीला उप्रेतीको माग छ ।

गत शुक्रबार मोरङ सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत शुक्रबार साँझ घरबाट हराएकी नाबालिकालाई आफन्तले घर नजिकैको झाडीमा फेला पारेका थिए। गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो।

अपहरणपछि बलात्कार र बलात्कारपछि हत्या आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो । अजय भने सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण मुद्दामा पक्राउ परेका थिए । सो मुद्दामा उन्मुक्ति पाएलगतै उनी नाबालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका हुन् ।


बलात्कार आरोपित पक्राउ

२३ फाल्गुन २०७७: बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो ।

 

आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताउनुभयो । पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको थियो ।

 

दुर्घटनामा घाइते महन्थको मृत्यु सवारी दुर्घटनामा घाइते भएका महन्थ ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको उपचारका क्रममा आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । शम्भुनाथ नगरपालिका–५ तारखोला पुलस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति बा.४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा रौतहटको देवाही गोनाही नगरपालिका–९ घर भई इटवालस्थित राम मन्दिरका महन्थ दास गम्भिर घाइते हुनुभएको थियो । पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले दासलाई बाटो काटने क्रममा ठक्कर दिएको थियो ।

 

प्रहरीले मोटरसाइकल चालक शम्भुनाथ–६ का ३० वर्षीय रमजानी मियाँलाई पक्राउ गरेको छ ।

Comments Box