न्याय सेवा आयोग बैठक: कानून समूहका ४० जना उपसचिवको एकैपटक सरुवा !



 

न्याय सेवा आयोगको बैठक ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

 

 


सरुवामा सिफारिस भएका मध्ये कानुन समूहका सहसचिव अर्जुन कुमार खड्कासहित कोशचन्द्र सुवेदी, पाराश्वर ढुङ्गाना, टिकाराम पाण्डे र धर्मराज कुइँकेल रहेका छन् । त्यसैगरी सरकारी वकिल समूहबाट सहन्यायाधिवक्ताहरु ईश्वरी प्रसाद बञ्जाडे, दमनसिंह बिष्ट, अच्युतमणि न्यौपाने, ज्ञान प्रसाद भुसाल, कृष्णप्रसाद पुडासैनी र पुण्य प्रसाद पाठकको सरुवा सिफारिस भएको छ । आयोगको बैठकले ४० जना उपसचिवहरूको पनि सरुवा गर्ने निर्णय गरेको छ । आयोगको बैठकले कानून समूहका ४० जना उपसचिवको एकैपटक सरुवा गर्न सिफारिस गरेको हो । 


३ फाल्गुन २०७७, सोमबार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कुँवर, निर्मला पौडेल रजिष्ट्रारमा पुग्ने पहिलो महिला

(रासस) सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर आज नियुक्त हुनुभएको छ। न्यायपरिषद्को गत माघ ११ गते बसेको बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो।

 

गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो। गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पुस ४ गते जन्मनुभएका कुँवर विसं २०५५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो।

 

सर्वोच्च अदालतको रिक्त एक रजिष्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ। गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको छ। पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला हुनुहुन्छ। यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) हुनुहुन्थ्यो। विसं २०२४ वैशाखमा विराटनगरमा जन्मनुभएकी पौडेल विसं २०५२ मङ्सिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो। सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नेपाल सरकारको मुख्यसचिव सरह र रजिष्टार सचिव सरह हो।

Comments Box