जहाजमा यात्रा गर्दै हुनुहुन्छ? बढेपछीको नयाँ भाडादर हेर्नुस



पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्  । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् ।

 

सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।
बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।

 

 

नेपाल आयाल निगमले हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।


७ चैत्र २०७७

हवाई भाडा वृद्धि

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।

 

सङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु ७० बढेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ ।

 

आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर रु दुई मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको सङ्घले जनाएको छ ।

Comments Box