शुक्रबार (१२ फागुनमा) काठमाडौंमा भएको नवौं ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले बंगलादेशलाई पनि जोड्ने गरी त्रिदेशीय प्रसारणलाइनको प्रस्ताव गरेको थियो । तर, भारतीय टोलीले यो विषयलाई ऊर्जासम्बद्ध बैठकमा औपचारिक रुपमा प्रवेश गराउन नहुने मत राखेको छ ।
१४ मंसिर २०७७ मा भर्चुअल रूपमा भएको आठौं ऊर्जा सचिवस्तरीय बैठकमा पनि भारतीय पक्षले यस्तै जवाफ दिएको थियो । तर, १४ फागुन २०७७ मा भारतले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापारको कार्यविधिमा तोकिएका प्रक्रिया पूरा गरेर भारतको बाटो भएर ऊर्जा सहकार्यको समझदारी भएका छिमेकी देशले बिजुली आदानप्रदान गर्न सक्ने व्यवस्था गरेको थियो ।
सहमतिको वातावरण बनाउन नेपालले बंगलादेश र भारतसँग त्रिदेशीय छलफल अघि बढाउन चाहेको लामो समय भइसक्यो । २८ असोज २०७६ मा दिल्लीमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटीको सातौं बैठकमा ‘नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता आवश्यक भएको, यसबारे छलफल गर्न भारतीय विदेश मन्त्रालयले तीन महिनाभित्र छुट्टै बैठक आयोजना गर्ने’ सहमति भएको थियो । तर, पछि भारतको कुरा बदलिएर यो विषय अन्योलमा फस्यो ।
२८ फागुन २०७७ मा भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपालबाट तेस्रो मुलुकमा बिजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताएका थिए । नयाँदिल्लीमा आयोजित भारतको छिमेक नीतिसम्बन्धी कार्यक्रममा उनले ऊर्जाको क्षेत्रीय व्यापार प्रवर्द्धनका लागि निर्यातसम्बन्धी केही कार्यविधि जारी गरेर छिमेकी मुलुकसँग ऊर्जा आयात र निर्यातमा परिवर्तनकारी कदम चालिएको बताएका थिए । सो कार्यविधिले ऊर्जाको आयात-निर्यातको बाटो मात्र नखोली ऊर्जा पारवहनमा भारतले सहजीकरण गर्ने उनको भनाइ थियो । ९०० मेगावाटको कर्णाली जलविद्युत् आयोजनाले उत्पादन गर्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्न सक्ने भारतीय विदेश सचिव श्रींगलाले बताएका थिए । तर, उनले भनेअनुसार भारतले नेपालको बिजुली बंगलादेश पठाउने वातावरण बनाउन छलफल अघि बढ्न सकेको छैन ।
भारतबाट विद्युत् पारवहन सुविधाका लागि वातावरण नबनेकाले बंगलादेश ऊर्जा सहकार्यका मुद्दामा उदार हुन सकेको छैन । यता भारतले पनि वर्षायाममा खेर जाने बिजुली किन्ने सुनिश्चित नगर्दा प्राधिरकण संघटको संघारमा छ ।
घाटाको विधुत व्यपार ; भारतसँग किन्दा ८.४४, बेच्दा ४.३३, नेपाली लाई ११.३३
२३ कार्तिक २०७८: भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिए पछी नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ।
मंगलबार रातिबाट भारत निर्यात हुने उक्त विद्युतको औषत प्रतियुनिट मुल्य २.७१ भारतीय रुपैयाँ निर्धारण भएको छ। यसको नेपाली मुल्य प्रतियुनिट ४.३३ रुपैयाँ हुन आउँछ। पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो। प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ।
प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)
भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो।
नेपाल को विजुली भने सस्तो ?
नेपाल बाट निर्यात हुने विजुलिको प्रतियुनिट मुल्य २.७१ भारतीय रुपैयाँ निर्धारण भएको छ। यसको नेपाली मुल्य प्रतियुनिट ४.३३ रुपैयाँ हुन आउँछ।
भारतबाट आयात गर्दा डब्बल मुल्य !
नेपाल ले भारत बाट आयात गर्दा भने अहिले बेचेको भन्दा डब्बल मुल्य मा विधुत खरिद गरिरहेको छ । भारतसँग किन्दा ८.४४ प्रती युनिट मा खरिद गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ५५ करोड युनिट बिजुली खपत हुँदा २ अर्ब ८१ करोड युनिट भारतबाट आएको थियो । सो वर्ष २२ अर्ब ९५ करोडको बिजुली आयात भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा नेपालको प्रणालीमा चुहावटसहित ७ अर्ब ७४ करोड युनिट विद्युत उपलब्ध थियो । यसमध्ये भारतबाट आयातित बिजुलीको हिस्सा १ अर्ब ७२ करोड युनिट छ भने आन्तरिक उत्पादनबाट ६ अर्ब ०३ करोड युनिट प्रणालीमा आएको छ । यो करिब १३ अर्ब ५८ करोड रुपैयाँ बराबरको बिजुली हो ।