गुमेको भु-भाग फिर्ता ल्याउन के गर्दै छ सरकार ?



पोहोर साल आज कै दिन तत्कालिन प्रधानमन्त्री के पि शर्मा ओलिले नेपालको गुमेको भु-भाग भारत सँग फिर्ता लिन अनौपचारिक कुरा भईरहेको जनाएका थिए । नेपालको सम्सदको पूर्ण समर्थनमा नेपालको नयाँ नक्सा जारी भएपनी वर्तमान शेर ब. देउवा नेतृत्वको गठबन्धन सरकारले भुमी फिर्ता ल्याउने बारे केहि सार्वजनिक गरेको छैन ।

 

 

भूभाग फिर्ता ल्याउनका लागि भारतसँग अनौपचारिक वार्ता भइरहेको छ: प्रधानमन्त्री ओली

१० फाल्गुन २०७७ (रासस): प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

 

 


दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो । महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताउनुभयो।

 

 

 

उहाँले भन्नुभयो, “पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।”

Comments Box