जनसंख्या घट्दै गएको हिमाली क्षेत्रको यथार्थता र सम्भावनाहरू



नेपालको भूगोलमा हिमाली क्षेत्रको भाग १५% छ। नेपालको हिमाली क्षेत्रमा २० वटा जिल्ला र ५७ स्थानीय निकाय छन्। नेपालको जनसंख्याको करीव ६% जनसंख्या हिमाली क्षेत्रमा रहेको छ। तर यो संख्यामा क्रमशः ह्रास हुदै गई रहेको पाईन्छ। यसको उत्तर दक्षिण फैलाबट २५ देखि ३० कि.मी. चौडा र पूर्व पश्चिम लमाई ८८५ कि.मी. रहेको छ। नेपालका हरेक क्षेत्रमा वहने नदीहरूको उद्गम स्थल यही क्षेत्र हो र विश्वको सर्वोच्च शिखर सहित अग्ला ८ चुचुरा र विश्वका अग्ला ठाऊमा रहेका तालहरू समेत यही क्षेत्रमा रहेका छन्। यो स्थानमा प्रायः जाडो हुने र करीब छ महिना सम्म हिमपात हुने गर्छ। यहाका मनांग, मुस्तांग जस्ता जिल्लाहरू वृष्टि छाया( Rain Shadow) मा पर्ने हुदा यहा पानी पर्न सक्दैन।

 

 

 

सामाजिक अवस्थाः-

यो क्षेत्रमा शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ। वास्तवमा भन्ने हो भने यो क्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थीको संख्या शिक्षकको भन्दा कमी छ ।यस क्षेत्रमा निजी क्षेत्र आकर्षित नभएको हुदा यहा प्रदान हुने सेवाहरू प्रतिस्पर्धी छैनन्,यसको अर्थ यहाको शिक्षा र स्वास्थ्य त्यति गुण स्तरीय छैन। त्यसैले यहांको जन शक्ति शिक्षाको क्षेत्रमा पनि पछाडि परेको छ।स्वास्थ्यको कुरा गर्ने हो भने यहाका अधिकांश बासिन्दा स्थानीय जडीबुटी र लामा झाक्रीको तन्त्र मन्त्र लाई उपचारको माध्यम बनाउन बाध्य छन्।त्यसैले शिक्षा र स्वास्थ्यको लागि पनि यहाका बासिन्दाको शहरी क्षेत्रमा बसाई सर्ने प्रवृत्ति बढ्दै गएको छ। यो क्षेत्रमा समान भाषा र संस्कृति भएका समूहहरू एक आपसमा मिलेर बस्नु र एक अर्काको सुख दुःखमा साथ दिनु कर्तब्य जस्तै मानिन्छ। वसुधैव कुटुम्वकम् र अतिथि देवो भवः यहाका दैनिकी हुन। यो क्षेत्रमा हिमाल आरोहणका लागि होस् या पदयात्राका लागि होस् आउने पाहुनाहरूलाई स्वागत सत्कार गर्न हरेक समुदाय खादा र माला लिएर हर हमेसा तयार भै रहेको हुन्छ। विश्वमा धार्मिक सहिष्णुता र सामाजिक एकता खोज्नु परे अन्यत्र जानै पर्दैन यही क्षेत्रमा उदाहरणीय रूपमा पाउन सकिन्छ।

 

सांस्कृतिक पक्षः-

कला र संस्कृतिको हिसावले नेपालका अन्य क्षेत्रका तुलनामा यो क्षेत्र धनी छ। यहाका गुम्बाहरूले विश्वको बौद्ध धर्मको प्रतिनिधित्व गर्छन्। तिब्बत संग जोडिएको क्षेत्र हुनाले सो क्षेत्रको सांस्कृतिक पक्षको प्रभाव यहांको वेशभूषा, भाषा र संस्कृतिमा समेत परेको छ। नेपालको यो हिमाली क्षेत्रमा हुने सामाजिक ब्यबहारहरू तिब्बत संग पनि जोडिएको हुदा नेपाल र चीन बीचको सम्बन्धको कडी यो क्षेत्र बन्न पुगेको छ।

माथिल्लो मुस्तांगमा रहेका तत्कालीन मुस्तांगे राजाले नेपालमा गणतन्त्र आउनु अगाडि दुई राजा भएको देश नेपाल भनेर विश्वमा एउटा सांस्कृतिक सन्देश दिने गर्थे र अहिले पनि त्यस भेगमा कुनै निर्णय लिनु पर्दा यो परिवार संग स्थानीयले सर सल्लाह गर्ने चलन रहदै आएको छ। यस क्षेत्रमा पर्ने दार्चुला, हुम्ला ,डोल्पा, मुस्तांग, मनांग, उत्तरी गोरखा, उत्तरी धादिंग,रसुवा, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुंग आदि सीमावर्ती जिल्लाहरूको कला, संस्कृति हाम्रो देशको पहिचान बनी सकेको छ जुन वाह्य पर्यटनका लागि आकर्षणको केन्द्र समेत भएको छ।

 

पर्यटन क्षेत्रः-

पाहुनालाई देवता ठान्ने यो क्षेत्र आन्तरिक तथा नेपाल भित्रिने पर्यटकहरूको गन्तब्य बनेको छ। यस क्षेत्रमा वसोवास गर्ने विभिन्न जाती जनजातीको कला, संस्कृति, वेशभूषा, खानपान आन्तरिक र बाह्य पर्यटनको आकर्षणका माध्यम बनेका छन्। यस क्षेत्र धार्मिक गुम्बाहरू, लामाहरूका साधना स्थलहरू, हिमाली दृश्यहरू, रोमान्चक जलयात्राहरू, हिऊ संगको साक्षात्कार, शाहसी खेलका स्थलहरू , वायु जन्य आकृतिहरू, रोधी घरहरू, संस्कार गृहहरू, प्रकृतिका संरचनाहरू, मठ मन्दिरहरू, धार्मिक सहिष्णुताका प्रतीकहरू पर्यटकहरूका आकर्षणका केन्द्रहरू हुन्। भीडभाड , कोलाहल र प्रदूषणबाट आराम लिन भित्रिने पर्यटकहरूलाई स्थानीय कला, संस्कृति, वेशभूषा र खानपान पस्केर उनीहरूको थकाई मार्न हाम्रा आतिथ्यका प्रयाशहरू कामयाव हुने गरेका छन्। तर यस क्षेत्रमा पर्यटकलाई लक्षित गरेर बनाएका पुराना पद मार्गहरू नयां बनेका मोटरेबल मार्गले हराएका र नयां पद मार्ग नबनेको अबस्था छ जसले गर्दा पर्यटकको संख्या आशातीत रूपमा बढ्न सकेको पाईदैन।

 

कृषि क्षेत्रः-

हुन त यो क्षेत्रले कृषि जन्य उत्पादनमा विविधता र उल्लेख्य योगदान प्रदान गर्न सक्दैन ता पनि यो क्षेत्र पशुपालन र फलफूल (खाशगरी स्याऊ खेती) का लागि सम्भावना भएको क्षेत्र हो र यहा पालिने चौंरी, च्यांग्रा भेडा जस्ता पशुबाट गरिने पशुपालन व्यवसायलाई उन्नत तुल्याई ऊन, दुध र दुग्ध जन्य उद्यमलाई विकास गर्न सकिन्छ।
त्यस्तै यो क्षेत्रमा हुने आलु, फापर, उवा, गहुं आदिले यहांको कृषि उब्जनीलाई सम्बोधन गर्छन्। त्यसै गरी हिमाली भेकमा लटरम्म फल्ने स्याऊहरू, आरू बखडा र आरूहरू रूख मै कुहेर जाने अवस्था छ। यसैले यी फलफूलहरूको प्रशोधन गरेर जाम,जेली बनाएर निर्यात गर्न सके बढी फाईदा हुन सक्थ्यो। फेरि हाम्रा हिमाली जिल्लामा नेपाल खाद्य संस्थानले खाद्यको चामललाई हवाई जहाज वा हेली मार्फत ढुवानी गर्दा ती साधनलाई रित्तै फर्काउनु भन्दा तिनमा स्याऊ र अन्य स्थानीय उत्पादन भरेर पठाएर तिनीहरूलाई आन्तरिक र बाह्य बजारमा पुर्याउन सकिन्छ।

 

जडीवुटीः-

जडीबुटी शब्द हिमालय संग जोडिएर आएको पाईन्छ। महाभारत कालमा जब लक्ष्मण बिमारी भए, श्री रामको आदेश अनुसार भाई लक्ष्मणको उपचारका लागि हिमालय पर्वतबाट हनुमानले औषधी सहितको सन्जीवनी पहाड उठाएर लगेको भन्ने कहावत हाम्रो पौराणिक ग्रन्थ महाभारतमा पढ्न पाईन्छ। यसैले हाम्रो हिमाली क्षेत्र औषधी एवं जडीबुटीमा कति धनी थियो र छ भन्ने विषय यही उदाहरणले पनि पुष्टी गर्छ।
केही वर्ष यता आएर यो क्षेत्रको करीव ३८०० मीटर देखि माथिको उचाईमा पाईने यर्शागुम्वाले यहाका बासिन्दाको आर्थिक स्तर उकास्न मद्दत गरेको छ। हरेक चैत्र, बैशाखको सिजनमा हरेक घरबाट यर्शागुम्बाको संकलन गर्न उक्त उचाईका मैदानहरूमा करीव एक महिनाको लागि गांऊलेहरूको लर्को लाग्छ। आधा जीव र आधा वनस्पतिको रूपमा देखिने यर्शागुम्वा मा पौष्टिकता सहितको औषधीय गुण हुने हुदा विश्व बजारमा यसको चर्को माग हुने गर्छ।
यसका अतिरिक्त यहा पाईने पांचऔले, निरमसी, जटामसी, सिलाजित, चिराईतो, भुत्ले, जिम्बु, टिम्बुर आदि जडीवुटी ,भीर मह र अन्य वनौषधीले पनि यहांको श्रोतलाई पहिचान गराउछन्। आजभोली यस्ता जडीबुटीलाई विना प्रशोधन हामीले विदेश पठाउदै छौ र तयारी औषधीको रूपमा हामी आफैले तिनै बस्तुलाई आयात गर्ने गरेका छौ जुन बाणिज्यको हिसाबले नितान्त घाटाको ब्यापार हो। यसको निम्ति नेपालगंज, चितवन र बिराटनगरमा प्रशोधन केन्द्र खोलेर प्रशोधित रूपमा औषधी बनाएर निर्यात गर्न सके निकै फाईदा हुने देखिन्छ।
यसैगरी हाम्रा लेकहरूमा उत्पादन हुने वन लसुन जस्ता मसलाको निर्यातले हामीलाई विदेशी मुद्रा आर्जन गर्न मद्दत पुग्ने देखिन्छ। यहा पाईने वन्य जन्तुहरू जस्तै घोरल, झारल, कस्तुरी, बंदेल, थार,मृग आदिलाई निकुन्जको रूपमा संरक्षण गर्न सके नेपालको पर्यटन व्यवसायलाई थप आकर्षक बनाउन सकिन्छ।

 

घरेलु उद्यमः-

यो क्षेत्रमा बहने साना तथा ठूला नदीहरूबाट खानेपानी तथा विद्युतको उत्पादन गर्न सके समस्त देशको आर्थिक विकासमा जोड दिन सक्ने देखिन्छ।
यो क्षेत्रमा भएका हाते उद्योगलाई उर्जाबाट सन्चालन गर्न सके हाल घरायसी हिसाबले उत्पादन हुदै गरेका राडी, पाखी, गलैचा, बक्खु ,स्वेटर जस्ता ऊन जन्य उत्पादन र लोकताको माध्यमबाट उत्पादन हुन सक्ने नेपाली कागज र बाक्लो कपडाहरूको उत्पादनले व्यवसायीक रूप लिन सक्ने देखिन्छ। अहिले सम्म पनि यो क्षेत्रका पाका नागरिकहरूले आफ्नो पोशाक स्थानीय ऊनबाट आफैले बुनेर लगाउने चलन रहेको छ।

 

 

 

यातायातका सम्भावनाः-

नेपालको अन्य क्षेत्रमा जस्तै विकासका संरचनाहरू बनाउदा यस क्षेत्रलाई समेत सडक सन्जालबाट जोड्ने कोशिस भै रहेको छ तर यस क्षेत्रको धरातल सडक मैत्री छैन। किनभने यहांको धरातल नितान्त नयां हुनाले यहांको माटो खुकुलो छ र यहांको धरातल पनि खोच परेको हुनाले सडक यातायात दीगो हुन सकेको पाईदैन। फेरि सडक बनाउदा हामीले वातावरणीय पक्षलाई हेक्का राख्न नसक्दा हामीले वर्षेनी भू-क्षयका प्रकोपहरू बेहोर्न बाध्य भएका छौ। हाम्रा विकासका संरचनाहरू स्काईभेटर र डोजर मुखी भएकाले हामीले वर्षेनी प्राकृतिक प्रकोपको सामना गरीरहनु परेको छ र यो पक्षमा हिमाली क्षेत्र सार्है सम्वेदनशील भएकोले यस्ता संरचनाहरू सहन गर्न यो क्षेत्र सक्षम छैन। यसैले यो क्षेत्रलाई छिमेकी जिल्ला संग केवल कार तथा हवाई जहाजबाट जोड्न सके यहाका वासिन्दा र व्यवसायलाई मात्र हैन पर्यटकहरूलाई समेत सहज हुने देखिन्छ।

 

बैकल्पिक अवसरहरूः-

विभिन्न आर्थिक, सामाजिक एवं विभिन्न अवसरहरूका अभावले यहाको कृयाशील जनशक्तिमा शहर र सुगम क्षेत्र तिर मात्र हैन विदेश तिर समेत पलायन हुने प्रवृत्ति बढ्दो रूपमा भै रहेको छ। यसले गर्दा स्थानीय तहमा सामान्य काम गर्ने जनशक्तिको पनि अभाव भै रहेको छ। यहांका गांऊ घरहरू क्रमशः खण्डहरमा परिणत हुदै छन्। कृषि योग्य भू-भागहरू पनि उजाड भै रहेका छन्। यो समस्या हिमाली क्षेत्रको मात्र नभएर देशका अन्य क्षेत्रमा पनि बिस्तार भै रहेको छ। यसैले यहांको जनशक्तिलाई सोही ठाऊ मै रोक्नका लागि स्थानीय तहमै रोजगारीका अवसरहरू सृजना गर्दै पलायन हुनु पर्ने वाध्यताको नियन्त्रण गर्नु पर्ने देखिन्छ। यसबाट प्रतिभा पलायनको नियन्त्रण मात्र हैन देशको विकासमा वर्षेनी थपिने श्रमको ब्यबस्थापन समेत हुन पुग्छ।

नेपाल अहिले संघीयतामा प्रवेश गरेको मुलुक हो। विद्यमान सम्भावनाहरूलाई नजिकबाट पहिचान गरी ती सम्भावनालाई मूर्तरूप दिन आवश्यक पर्ने साधन र श्रोतको ब्यबस्था गर्न स्थानीय निकायले केन्द्रको मुख ताक्नु पर्दैन।

हाम्रो देश पर्यटन उद्यमको लागि प्रसस्त सम्भावना भएको मुलुक मध्ये पर्छ। हाम्रा प्राकृतिक सम्पदा, हाम्रो परम्परा र संस्कृति सबै पर्यटन मैत्री छन्। यसैले आज सम्म पनि हामीले पर्यटनलाई एउटा ब्यबसायको रूपमा अपनाउदै आएका छौ। निजी क्षेत्रको ब्यापक सहयोग र समर्थन रहने यो ब्यबसायमा सरकारबाट हुने नीति नियमहरूमा थप उदारता भयो भने यसलाई उद्यमको रूपमा लग्न सकिन्छ र खास गरी यो ब्यबसाय हिमाली क्षेत्रलाई केन्दित गरेर गर्न सक्ने हो भने पक्कै पनि यो क्षेत्र नेपालको स्वीट्जरल्याण्ड बन्न सक्छ।

त्यसै गरी यो क्षेत्रलाई वन्य जन्तुको संरक्षणका लागि वन्य जन्तु आरक्षणको रूप दिन सक्नु पर्छ र यहांको छिरलिएर बसेको बस्तीलाई स्थान्तरण गरेर राज्यले प्रदान गर्ने सामाजिक सेवाहरूलाई मितब्ययी बनाउन जरूरी छ।
यो क्षेत्रमा लाईफ लाईनको रूपमा एउटा सडक मात्र राख्ने र सहायक राजमार्गहरू पनि सीमित गरी कम भन्दा कम बनाएर रोप वे वा केवल कारलाई प्राथमिकता दिनु पर्छ। हामीले यो क्षेत्रलाई पर्यटनमा जोड दिदै छौ भने पद यात्रा मार्गलाई प्राथमिकता दिन जरूरी हुन्छ जसले भू-क्षय पनि कम हुन्छ र सरकारी तवरबाट एयर पोर्टहरूको संख्या बढाउनु पर्छ।
यहा दिईने शिक्षा पनि आतिथ्यता (Hospitality) मा जोड दिईनु पर्छ र यसका लागि निजी क्षेत्रलाई आकर्षित गर्नु पर्छ।

त्यसै गरी हिमाली क्षेत्रमा साहसी यात्रा र खेलको बलियो सम्भावना छ। यहाका नदीहरूको बहाब तीब्र छ तर पनि सम्म परेका ठाउहरूमा र्याफ्टिंग (Rafting) सन्चालन गर्न सके पर्यटकका लागि थप आकर्षण हुने देखिन्छ। यहाका भीर र पहराहरूलाई पर्वतारोहणको कोर्शमा समाबेश गर्न सकिन्छ। त्यसै गरी भीर माहुरी उत्खनन्, शिलाजीत उत्खनन्, बन्जी जम्प जस्ता शाहसिक खेलहरूबाट पर्यटन अवधीलाई लम्याउन सकिन्छ।
यसरी हाम्रो हिमाली प्रदेशको मुहार फेर्न सके हामी कामको खोजीमा भौतारिनु पर्ने अवस्था पनि रहदैन र राज्यको आम्दानीको श्रोत पनि बलियो हुन सक्छ।

 

 

जलवायु परिवर्तनको नकारात्मक अशर पर्नाले वेमौसमी वर्षा कहिलेकांही हुने गरेको पाईन्छ। समस्त विश्वभर परेको जलवायु परिवर्तनको अशर यहाको हावापानी र वनस्पतिमा समेत परेको छ।
यहांको माटो खुकुलो प्रकृतिको हुने हुदा सामान्य वर्षात् हुदा समेत यो क्षेत्रमा बाढी पहिरो गै रहन्छ। त्यसैले यहा विकासका संरचनाहरू तयार गर्न कठिन्याई हुने गर्छ। यहांका बस्तीहरू प्रायः नदी किनारमा रहेका हुदा यी बस्तीहरू बाढीको चपेटामा परिरहन्छन्। कोणधारी वनस्पति रहेको यो क्षेत्रमा सल्लोको खोटोलाई ब्यापारिक तवरले हाल सीमित रूपमा सदुपयोग गरिएको भए पनि यसलाई अझै बिस्तृत बनाउन सकिने सम्भावना रहेको छ।

 

मनाङमा कस्तो ‘विकास मोडल’ आवस्यक छ ?

१९ पुष २०७८ (तिलिचो न्युज): हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको भौगोलिक र सामाजिक-आर्थीक परिस्थीति अरु जिल्लाको भन्दा विल्कुल फरक छ ।

 

 

एकातिर वातावरणिय हिसाबले यस जिल्लाको भु- वनोट एकदम ‘फ्राजाईल’ रहेको छ ; अधिकाशं भाग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्छ भने अर्कोतर्फ आवादी भएकाले पुर्वाधारहरुको आवश्यकता हुनु स्वभाविक हुन जान्छ ।

 

उदाहरणको लागी देशमा विजुली खेर जादाँ समेत मनाङ वासीले भने सोलार र माईक्रो हाईड्रोमा भर पर्नु पर्‍यो । मनाङका साम्सद पोल्देन छोपाङ गुरुङका अनुसार फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा भर्खर मात्र पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको थियो तर यस पटकको वाढीले कयौं पुर्वाधारहरु नस्ट पार्यो।

 

मनाङमा विधुत जडानकाे लागि त्याे अथाह प्रयास

 

धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ ।

 

Photo: DAO, Manang

 

यसपटक गर्मीमा मौसम परिवर्तनका कारण बाढीपहिराले समस्या निम्त्याइरह्यो ।

 

मनाङमा अवरूद्ध सडक खुलाउन सेनाको हेलिकप्टरबाट पठाईयो

 

हिउँद लाग्नासाथ मौसम बद्लीएर हिमपात सुरु भयो । हिमपातसँगै निर्माण कार्य प्रभावित भयो ।

 

 

“मनाङको विकासमा मौसम बाधक” – प्र जि अ रवीन्द्रप्रसाद आचार्य

प्रकृतिनै बाधक बन्दा यहाँको विकासमा बाधा पुगेको छ । बाढीपहिरा खस्न छाडेपछि केही विकासका काम थालिएपनि त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “यहाँको विकास गर्न प्रकृतिनै बाधक बनेको छ । दुवै मौसममा निर्माण कार्य गर्न सकिदैन । केही समय काम गर्न सुरुआत मात्रै गर्ने र पूरा गर्न नपाउँदै अर्को मौसम सुरु हुन्छ जसले निर्माणको काम गर्न सक्ने अवस्था हुँदैन,” उहाँले भन्नुभयो ।

 

 

मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको आचार्य बताउनुहुन्छ । हिउँदमा विकास निर्माण गर्नुपर्ने भएपनि त्यसो गर्न नसकिएको उहाँको भनाइ छ । गर्मीमा बाढीपहिराले सामग्री ढुवानी हुन नसक्दा निर्माण कार्य हुन नसकेको र हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माण कार्य हुन नसकेको प्रजिअ आचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हिउँद सुरु भएसँगै हिमपातले सवारीसाधन आवतजावत रोकियो । विकास निर्माणका काम रोकिए । विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । विकास निर्माणले कहिले गति लिने यस्ता अवस्थामा ?” गर्मीमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिएपनि अझै पुरा भएको छैन । पुल निर्माणार्थ आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा अहिलेसम्म पुल मर्मतको काम अलपत्र छ । बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन । हिमपातले सामग्री मनाङसम्म ल्याउन मुस्किल पर्ने हुँदा अलपत्र परेको प्रजिअ आचार्य बताउनुहुन्छ ।

 

माथिल्लो मनाङ, नार्पाभूमि गाउँपालिकाको नार, फु गाउँलगायत सदरमुकाम चामेसम्म सवारीसाधन आउन चल्न सकेको छैन । “हिउँदमा हिमपातले गर्दा करिब तीन महिनासम्म सवारी आवतजावत हुँदैन । हिमपातले पुरिएको स्थानमा हिउँ फालेर मात्रै बाटो पहिल्याउन सकिन्छ । यस्तो अवस्थामा विकास निर्माणको काम गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । विगतको तुलनामा यस वर्ष मनाङमा बाढीपहिराले भौतिक संरचनामा क्षति धेरै पु¥याएको छ । बाढीपहिराले क्षति पु¥याएका भौतिक संरचना निर्माणको काम अलपत्र नै छ । दुवै मौसममा निर्माणको काम गर्न नसक्दा अहिलेसम्म मनाङका धेरै भागसम्म सडकको व्यवस्थापन राम्रो बनाउन सकिएको छैन ।