एकमात्र निर्वाचित संसद निलम्वन; प्रतिनिधि सभामा मनाङबाट प्रतीनिधित्व शुन्य



भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट निर्वाचित भएका थिए ।

 

मनाङबाट निर्वाचित एक मात्र संसद निलम्बन भए पछी प्रतीनिधि सभामा मनाङबाट प्रतीनिधित्व नहुने भएको छ । मनाङबाट कुनै पनि पार्टीले समानुपातिकमा पनि प्रतीनिधित्व गराएका छैनन ।

 

संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत: निलम्बनमा परेको जनाएको हो ।

 

‘प्रतिनिधिसभाका सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखी पठाउने’ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी आयोगको प.सं. ०७९/०८०, च.नं.२७८२७, मिति २०७९/०९/०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले,’ संघीय संसद्‌का महासचिव भरतराज गौतमले निकालेको सूचनामा छ,’प्रतिनिधिसभाका माननीय सदस्य श्री टेकबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम २०७९/०९/०८ देखि स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।’

 

कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए । गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।


मनाङमा ७१ प्रतिशत मत खस्यो

हिमाली जिल्ला मनाङमा ७१.४७% मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा प्रारम्भिक रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

 

जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि मङ्सिर ४ गते भएको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कूल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग योग्य रहेका थिए ।


२०७४ को चुनावी नतिजा

२०७४ को निर्वाचनमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रचेको थियो । मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका थिए । त्यसभन्दा अघीका चुनावको परिणाम उल्ट्याउन सफल भएका उनै गुरुङ फेरी उम्मेद्वार बनेका छन।

 

 

पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका थिए ।

 

विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेका थिए । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको थियो ।

 

२०७४ को चुनावमा मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको थियो । त्यतिबेला यहाँ ५ हजार ८ सय ८१ मतदाता थिए ।

Comments Box