
आज माघशुक्ल प्रतिपदा; सोनाम ल्होसार । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

कूल पुजा र प्रकृति पुजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रुपमा मनाउने गरेका छन् ।
सरल र मिलनसार यो समुदाय समूहगतरुपमा शुभकामना आदानप्रदान गर्दै मिठो मसिनो खाने र रमाइलो गर्ने गर्दछन् ।

सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।
आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
Comments Box