मनाङमा हिमपात; सुन्दर तस्विर र भिडियो सामाग्रीहरु



जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ ।

 

मनाङको ङिस्याङ गाउँपालिका ढुकुर पोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडीतस्बिर ःनवीन लामिछाने÷रासस

जाडो याममा मनाङको रोमान्चक यात्रा

13 Jan 2022

बेला बखत मनाङ लगाएतका हिमाली क्षेत्रहरुमा जाडो याममा पर्यटन परवर्धनका बारेमा चर्चा हुने गरेको छ । हेर्नुहोस यसपाली हिउँ परेपछी मनाङमा गरिएको यात्राबारेको यो भिडियो सामाग्री:

 

मनाङमा हिमपात; अधिकांश भूभाग अझै हिउँले ढकमक्क

12 Jan 2022

मनाङ, २८ पुस ः जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ । बेसिशहर चामे सडक खण्डमा भने केहि सवारी साधन चल्न थालेका छन ।

पछील्लो समय पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन सकेको छैन।

 

मनाङ, २८ पुस ः हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क । पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ । तस्वीर ः नवीन लामिछाने÷रासस

 

मनाङ, २८ पुस ः हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क । पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ । तस्वीर ः नवीन लामिछाने÷रासस

 

माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।

 

 

 

हिमपातका कारण अवरुद्ध मनाङको सडक भोली सम्म खुल्ने

पुष १५, २०७८ सडक आवागमन र जनजिवन बारे जिल्ला प्रसाशन कार्यलय, मनाङले लेखेको छ:

निरन्तरको हिमपात रेकिएसँगै माैषममा सुधार आएकाे छ।
सदरमुकाम चामे बजार र आसपासक्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेत भई हिउँ हटाई बाटो खाेली जनजीवन सामन्य बनाउने काम भएकाेछ।
नासाें गाउँपालिकाकाे दानाक्यूदेखि सदरमुकाम चामेतर्फ सडक आयाेजना कार्यालयद्वारा बाटोमा रहेको हिउँ स्काभेटर मार्फत सफा गर्दै आएको हुँदा भाेलि साँझसम्ममा सडक सुचारु गर्न लक्ष रहेको छ।
Photo: जि.प्र.का. मनाङ

मनाङमा निरन्तर ७२ घन्टे हिमपात – तापक्रम -20

मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ ।

 

 

हिमपातले मनाङका विद्यालय बन्द; वार्षिक परीक्षा टुङ्गो भएन

चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । तर यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ ।

 

 

 

ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताउनुभयो । “हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं”, उहाँले भन्नुभयो ।

 

हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । “कोरोना सङ्क्रमण्ले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुप¥यो । गत वर्ष चैतबाट सुरु हुन्थ्यो,” उहाँले भन्नुभयो, “कोरोनाले शैक्षिक सत्र नै फेर्नुप¥यो ।”

 

आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताउनुभयो ।

 

ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको बताउनुभयो । पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । “मङ्सिर १७÷१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुप¥यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं”, उहाँले भन्नुभयो ।

 

स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उहाँले बताउनुभयो । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् ।

 

नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।” उहाँका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ ।

 

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताउनुभयो । गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । “कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,” प्रधानाध्यापक कोइराला भन्नुहुन्छ, “बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुप¥यो ।”