नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिल्वाल



नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिकरुपमा सम्हाल्नुभएको छ ।

 

 

बालाजुस्थित सेनाको एक नम्बर बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो ।

 

File Photo

 

हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ । करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहनुभएका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गर्नुभएको हो ।

Comments Box