भारतीय सेना अध्यक्ष आज नेपाल आउँदै

नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम



भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् ।

 

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

 

पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।

 

यस्तै, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नेछन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

 

नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।

 

भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

 


२४ कार्तिक २०७८, बुधबार

नेपालका प्रधानसेनापति प्रभुराम शर्मा भारतीय स्थल सेनाको मानार्थ महारथी

भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

 

 

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो ।

 

 

नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

 

 

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँ भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जानुभएको थियो ।

 

भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने छ । महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कनु हुनेछ ।

Comments Box