वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण



२८ मंसिर (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएको हो ।

 

 

गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा ९माओवादी केन्द्र० का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी० का तर्फबाट दुई मन्त्री नियुक्त गर्नुभएको हो । पाण्डेले नेकपा ९माओवादी० का तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गर्नुभएको छ भने एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपछीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

 

 

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई सपथ ग्रहण गराउनुभएको हो ।

Comments Box