भारततर्फको बिजुली निर्यात हुन छाड्यो

भारतमा प्रतियुनिट बिजुली औसत आठ रुपैयाँ २५ पैसामा बिजुली बिक्री गरिएको थियो



नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

 

प्राधिकरणले यसवर्ष कूल रु ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो । सुरुमा ३९ मेगावाटबाट निर्यात सुरु गरेको प्राधिकरणले कूल चार सय १९ मेगावाटसम्म निर्यात गरेको थियो । भारतमा प्रतियुनिट बिजुली औसत आठ रुपैयाँ २५ पैसामा बिजुली बिक्री गरिएको थियो ।

 

प्राधिकरणले दैनिक बोलकबोलमार्फत् तय हुने ‘डे अहेड’ मार्केटमा बिजुली बिक्री गरेको थियो । पछिल्लो पटक कूल चार सय १९ मेगावाट बराबरको बिजुली बिक्रीका लागि अनुमति प्राप्त भएको थियो । प्राधिकरणले थप केही आयोजनाको बिजुली बिक्रीका लागि अनुमति मागेको भए पनि लामो समयसम्म निर्णय आएको थिएन । नदीमा जलसतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले हाल भारतबाट तीन हजार मेगावाट घण्टा बराबरको बिजुली आयात गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

 

बिहान ३ बजेदेखि ११ बजेसम्मको माग व्यवस्थापनका लागि प्राधिकरणले बिजुली आयात गरिरहेको छ । सो समयमा माथिल्लो तामाकोशी र कालीगण्डकी ‘ए’ आयोजना बन्द गरिने गरिएको छ । प्राधिकरणका अनुसार हाल कूल माग एक हजार पाँच सय १२ मेगावाट बराबर छ ।  चिसो बढेसँगै बिजुलीको मागमा पनि वृद्धि भइरहेको छ । कोठा न्यानो बनाउन बिजुलीको प्रयोगमा वृद्धि भएपछि मागमा वृद्धि भएको हो । कूल उत्पादित बिजुलीमध्ये प्राधिकरणका आयोजनाबाट सात हजार आठ सय ७४ मेगावाट घण्टा, सहायक कम्पनीका आयोजनाबाट चार हजार चार सय ४३ मेगावाट घण्टा उत्पादन भएको छ ।

 

त्यस्तै, निजी क्षेत्रका आयोजनाबाट बाह्र हजार सात सय ४० मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै, विभिन्न स्थानमा भएको अवरोधका कारण दुई सय ३३ मेगावाट घण्टा प्रणालीभन्दा बाहिर छ । मुलुकभित्रको कूल जडित क्षमता दुई हजार दुई सय ५० मेगावाट बराबर छ । चालु आवको अन्त्यसम्म प्रणालीमा थप आठ सय मेगावाट बराबरको बिजुली थप हुनेछ । प्राधिकरणको माग अनुसारको अनुमति नपाएपछि वर्षायाममा केही बिजुली खेर गएको थियो । चालु आवमा थप हुने बिजुलीको भारत निर्यातका लागि वा आन्तरिक खपतका लागि आवश्यक व्यवस्था गर्न नसकिए प्राधिकरणलाई ठूलो घाटा हुने अवस्था पनि उत्तिकै छ । तर हिउँद लागेपछि नदीमा जलसतह ओरोलो लाग्दा अपेक्षित क्षमता अनुसारको बिजुली उत्पादन हुनसक्दैन ।

 

यद्यपि चालु आवको तीन महिनामा मात्रै प्राधिकरणले आठ अर्ब ५० करोड बराबरको नाफा कमाएको छ । यस्तै, २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई रु ३० मात्रै महसुल तिर्दा हुने व्यवस्था गरिएको छ । त्यसबाट पनि प्राधिकरणले उपभोक्तालाई वार्षिक रु २० अर्ब बराबरको राहत दिएको दाबी गरेको छ । आन्तरिक रुपमा नै बिजुलीको खपत बढाउनका लागि पहल भए पनि पछिल्ला दिनमा औद्योगिक क्षेत्रमा बिजुलीको माग घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा उपभोक्ता मुद्रास्फीति बढेकाले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । जसको प्रभाव पनि बिजुलीको खपतमा परेको छ ।


२३ मंसिर २०७८, बिहीबार

बिजुली निर्यात केहि दिन को हल्ला मात्र; भारतबाट दैनिक ७० MW आयात

नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक ७० मेगावाट बिजुली आयात गर्न थालेको छ। नेपालका जलविद्युत् आयोजनाको उत्पादन घटेरपिक आवरको माग स्वदेशी बिजुलीले धान्न नसकेपछि प्राधिकरणले भारतबाट आयात गर्न थालेको हो।

 

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले पिक आवरमा दैनिक ६०–७० मेगावाट बिजुली आयात भइरहेको बताए। ‘नेपालका नदीनालामा पानीको सतह घटेसँगै प्राधिकरणले आइतबारदेखि भारतबाट बिजुली आयात गर्न थालेको छ,’ उनले भने,‘सम्भवतः बुधबारदेखि बिजुलीनिर्यात रोकिनेछ।’

 

 

 

प्राधिकरणका अनुसारअहिले पिक आवरमा १४ सय ८५ मेगावाटदेखि १५ सय मेगावाट बिजुली माग छ। प्राधिकरण रनिजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट दैनिक १५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ। तरअबको केही दिनभित्रै प्राधिकरणको सहायक कम्पनी रनिजी क्षेत्रको उत्पादन १५ सय मेगावाटबाट झरेरकरिव ९५० मेगावाटमा सीमित हुनेछ।

 

 

प्राधिकरणका प्रवक्ता भट्टराईले भारतसँग इनर्जी एक्सचेन्ज अनुसारबिजुली अ‍ैँचोपैँचोमा लिँदै आइरहेको बताए। ‘अहिले जलायशयुक्त कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने हो भने भारतबाट आयात गर्नुपर्ने अवस्था छैन,’उनले भने,‘तरमध्य हिउँदमा बिजुलीको माग अत्यधिक हुने भएकाले केही समयको लागि कुलेखानीको पानी साँचेका हौं।’

 

 

अहिले राष्ट्रिय प्रसारण लाइनमा दुई हजारमेगावाट जडित क्षमता पुगिसकेको छ। प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा भारतबाट २१ अर्ब ३९ करोड रूपैयाँ बराबरको बिजुली आयात गरेको थियो। आव ०७७/७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल दुई अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भएको थियो।

 

 

यो आव ०७६/७७ को उत्पादन तीन अर्ब दुई करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले कम हो। आव ०७६/७७ मा निजी क्षेत्रका विद्युत् गृहबाट दुई अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आवमा८.३६ प्रतिशतले बढ्न गई तीन अर्ब २४ करोड युनिट पुगेको छ।

 

 

यस्तै, आव ०७६/७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको थियो। आर्थिक वर्ष ०७६/७७ मा १३ अर्ब ४२ करोड रूपैयाँको बिजुली भारतबाट आयात गरिएको थियो।

 

 

प्राधिकरणको उत्पादन घटेको कारणले गत आवमा ६३.४५ प्रतिशत बढी अर्थात दुई अर्ब ८२ करोड युनिट विद्युत् खरिद गरिएको छ। गत आवमा प्रणालीमा आठ अर्ब ८७ करोड युनिट घन्टा विद्युत् उपलब्ध भएको थियो। यो आव ०७६/७७ को ७ अर्ब ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो।

 

 

प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा कुल ७ अर्ब ७४ करोड युनिट खपतमध्ये छिमेकी भारतबाट एक अर्ब ७३ करोड युनिट आयात गरेरमाग पूरा गरेको हो। भारतबाट आयात गरिएको बिजुलीको मूल्य करिब १३ अर्ब ४२ करोड करोड पर्न जान्छ। प्राधिकरणले आव ०७५/७६ मा ७७४१ गिगावाट आवर(सात अर्ब ७४ करोड युनिट) बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत मात्रै आयात गरेको थियो।

 

 

उसले आव ०७५/७६ मा तीन करोड ४७ लाख युनिट रआव ०७६/७७ मा १० करोड ७० लाख युनिट बिजुली छिमेकी भारतमा निर्यात गरेको थियो। प्राधिकरणले चालु आवमा करिब २० हजारमेगावाट आवरबिजुली भारत निर्यात गरेको छ।

Comments Box