भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुलाका धामी बेपत्ता भएको १ महिना मा के के भयो ?



एक महिना हुन लाग्दा समेत कुनै ठोस कुरा सार्वजनिक नहुनुले सरकार को नियत माथी नै शङ्का बडेको छ ।

 

साउन १५ गते: गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला ब्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर बेपत्ता ।

 

साउन १७ गते: सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन, १० दिनको समय ।

 

साउन १९ गते: प्रतिनिधि सभाको बैठकमा सांसदहरूको गृहमन्त्री बालकृष्ण खाँणसँग सांसदहरूको सवाल जवाफ, संसदीय छानबिन समिति बनाउन माग ।

 

साउन १९: छानबिन समिति अनुसन्धानका लागि छानबिन टोली खलङ्गामा ।

 

साउन २१ गते: भारततर्फको घटनास्थलको अवलोकन ।

 

साउन २२ गते: नेपालतर्फको घटनास्थल, मालघाटको अवलोकन ।

 

साउन २५ गते: छानबिन समितिको म्याद एक साताका लागि थप ।

 

भदौ १ गते: पुनः एक साताका लागि म्याद थप ।

 

भदौ ५ गते: अनुसन्धान संयोजक काठमाडौँ फिर्ता ।

 

भदौ १० गते: संसद्को राज्य व्यवस्था सुशासन समितिद्वारा गृहमन्त्री बालकृष्ण खाँणलाई घटनाको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन ।

 

भदौ १० गते: मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय ।

Comments Box