उचित ब्यबस्थापन र सफाईको आशमा पनौती



पनौती काठमाडौं भन्दा ३२ कि. मि. पश्चिम-पूर्वमा अवस्थित निकै पुरानो शहर हो। यो ठाउँमा रोशि, पुणयमती र लीलावती खोलाहरु मिसिएको ठाउँमा अवस्थित छ । इन्द्रेश्वोर मन्दिर भएको पनौती क्षेत्र बिस्व सम्पदा सुची (UNESCO) मा सुचित छ ।

 

 

यहाँका सम्पदाहरु १५ औँ शताब्धी भन्दा अगाडी निर्माण भएको भन्ने बिश्वास गरिन्छ। यस क्षेत्रमा पनौती दरबारको साथ-साथै दर्जनौ अरु सम्पदाहरु पनि रहेको छन ।

 

१२ बर्षमा एकपटक लाग्ने मकर मेलामा यहाँ ठुलो भिड लाग्ने गर्दछ । कतिपय त, योमरी को सुरुवात नै यही ठाउँ बाट भएको हो भन्ने विश्वास पनि गर्छन ।

 

बढदै गरेको सहरिकरणले यस क्षेत्र निकै दुषित बनेको छ । अब्यवस्थित र प्रदुषित भएको पनौती शहर, भाबी पुस्ता लाई कसरी थमाउने भन्ने ठुलो चिन्ता थपिएको छ ।

Comments Box