५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याइने



१२ साउन (रासस) : खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले आफ्नो कामलाई तीव्र पारेको छ । आयोजना प्रमुख राजु आचार्यले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएकोे जानकारी दिनुभयो ।

 

 

“यो कार्यालयको उद्देश्य भनेको ५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने हो, सोही अनुरुप हामीले काम गर्न थालेका हौँ”, उहाँले भन्नुभयो ।

 

 

आयोजनाले हाइबाँध, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन र सतह सिँचाइ प्रणालीको विकासलगायत ‘कम्पोनेन्ट’मा काम गरिरहेको छ । यस बीचमा कार्यालयले १४ विशाल बाँध निर्माण गरेको छ । “हामीले अहिले १४ जलाशय निर्माण गरेका छौँ, यी जलाशयमा अझै पनि सिँचाइका लागि थप पूर्वाधार निर्माण गर्न बाँकी छ, काम भइरहेको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

 

यी बाँध निर्माण भएपछि किसान भने उत्साहित बनेका छन् । वर्षौंैदेखि बाँझो रहेका जमीनमा सिँचाइ हुने छन् भने आकासेपानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका–१८ दूधगजेरी बाँध निर्माण समितिका अध्यक्ष शेषमनि कुँवरले बताउनुभयो । “हाम्रो धेरै जग्गाहरु बाँझा थिए, ती जग्गामा सिँचाइ हुने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “विगतमा हामी आकासेपानीको भर पर्नुपर्ने बाध्यता थियो, अब वैशाख, जेठमा पनि सिँचाइ पाउने अपेक्षामा छौँ ।”

 

 

त्यहाँ सानो सोता थियो । अहिले त्यसलाई करोडौँ लगानी गरेर बाँध निर्माण गरिएको छ जुनबाँधमा वर्षातका समयमा परेको पानी पनि जम्मा हुने र वैशाख, जेठसम्म सिँचाइको सुविधा गर्ने गरी तयारी गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । दुई वर्षअघि काम शुरुआत गरेको उक्त बाँध निर्माण भएको छ तर सिँचाइका लागि अझै धेरै काम बाँकी छ । करीब दुई लाख घनमिटर पानी अट्ने उक्त बाँधबाट ६०हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेछ । एक करोड ८३ लाख लागतमा उक्त बाँध बन्दैछ ।

 

 

सिँचाइका लागि निर्माण गरिएका ती बाँध अन्य प्रयोजनका लागि पनि प्रयोग गर्ने गरी स्थानीय उपभोक्ताले परिकल्पना गरेका छन् । घोराही उपमहानगरपालिका–२ र ४ मा पर्ने सरेसोता जलाशयका उपभोक्ता श्यामलाल भण्डारीले भन्नुभयो, “यो बाँधले हामीलाई सिँचाइ त छँदैछ, माछापालन गर्ने, पर्यटक भित्र्याउनका लागि डुङ्गाको व्यवस्था गर्ने गरी सोच बनाएका छौँ ।” ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने सोही बाँधमा तीन लाख घनमिटर पानी अट्न सक्ने क्षमता छ । सोही बाँधलाई बढाएर पाँच लाख घनमिटर पु¥याउन सकिने आयोजना प्रमुख आचार्यले जानकारी दिनुभयो । दुई करोडको लगानीमा उक्त बाँध निर्माण हुँदैछ ।

 

 

निर्माण भएका बाँधहरु हेर्दा मनोरम देखिन्छन् । कुनै प्राकृतिक तालभन्दा कम छैनन् । सिँचाइका लागि बनाएका तालहरुले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने पनि अपेक्षा लिइएको तुलसीपुर–१८ का विष्णुप्रसाद दुलालले बताउनुभयो । “यी बाँधहरु सिँचाइका लागि मात्रै होइन, पर्यटकीय विकासका लागि पनि प्रयोग गर्न सकिन्छ, वनभोज क्षेत्र बनाएर पर्यटक तान्न सकिन्छ”, उहाँले भन्नुभयो, “माछापालन गरेर आम्दानी पनि गर्न सकिन्छ, डुङ्गा सयर गर्ने व्यवस्था पनि गर्न सकियो भने यसले बहुआयामिक फाइदा दिन्छ ।”

 

उहाँ पिर्थली कुइरेसोता बाँधका उपभोक्तासमेत हुनुहुन्छ । सोही बाँध १२७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सक्ने क्षमता रहेको छ । ती सबै बाँधबाट लिफ्टिङमार्फत किसानको खेत–खेतमा सिँचाइ पु¥याइने आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले बताउनुभयो । “हामीले बाँधबाट किसानका खेत–खेतमा सिँचाइ पु¥याउनका लागि लिफ्टिङ प्रणाली जडान गर्नुपर्छ”, उहाँले भन्नुभयो “केही स्थानमा सोलारबाट र केही स्थानमा विद्युत्बाटै लिफ्टिङ गरिनेछ ।”

केही समय पहिले निर्माण पूरा भएको घोराही उपमहानगरपालिका–२ रामपुरस्थित चेपे तालमा बृहत् सिँचाइ आयोजनाले पाँचवटा लिफ्टिङ जडान गरेको छ । यसबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ भएको छ । चौरासी लाखको लागतमा पाँच लिफ्ट जडान कार्य भएको हो । यी चार बाँध जस्तै जिल्लामा अन्य १४ बाँध निर्माण भएका छन् । यसबाट जिल्लाको एक हजार ९२ हेक्टर क्षेत्रफलमा सिँचाइले ओगट्नेछ । तुलसीपुरमा तीन, घोराहीमा पाँच, दङ्गीशरणमा पाँच र शान्तिनगरमा एउटा त्यस्ता ठूला बाँध निर्माण भएका छन् । पछिल्लो समय यस्ता बाँधको माग अत्यधिक भएको जनाउँदै आयोजनाले ‘मास्टर प्लान’ निर्माण गरिरहेको आयोजना प्रमुख आचार्यले बताउनुभयो । जिल्लामा करीब दुईसय स्थानमा यस्ता बाँध निर्माण गर्न सकिने उहाँको भनाइ छ ।

 

कुनै बेला सानो ‘सोता’ थिए । खोलो बग्थ्यो । ती खोलाले सीमित किसानले मात्रै सिँचाइको लाभ लिन पाउँथे । बिघौँ खेतीयोग्य जग्गा सिँचाइ नहुँदा सुक्खा हुन्थ्यो । सिँचाइको व्यवस्था नहुँदा धेरै युवा बेरोजगार हुन्थे तर अहिले अवस्था फेरिएको छ । खेतखेतमा सिँचाइ सुविधा पुग्न थालेको छ । धेरै बाँझा खेतहरुमा अहिले लटरम्म अन्न र तरकारीलगायत उत्पादन भइरहेका हुन्छन् ।

लिफ्टिङ पनि उत्तिकै प्रभावकारी

 

बाँधसँगै लिफ्टिङ निर्माण कार्य पनि उत्तिकै प्रभावकारी देखिएको छ । तुलसीपुर–१४ भोजपुरमा बबई नदीबाट सोलारमार्फत लिफ्टिङ गरी सिँचाइका लागि पानी ल्याइएको छ । यसबाट किसानलाई निकै सहज भएको छ । विगतमा स्थानीय कुलोबाट सिँचाइ गर्ने र त्यसले सबै किसानलाई सिँचाइ गर्न सकिने अवस्था थिएन तर अहिले बृहत् सिँचाइले लिफ्टिङबाट पानी ल्याएपछि सहज भएको स्थानीय उपभोक्ता होताराम खत्रीले बताउनुभयो ।

 

“पहिले स्थानीय कुलो थियो, त्यसले सबै किसानलाई भ्याउने अवस्था थिएन”, उहाँले भन्नुभयो, “तर अहिले लिफ्टिङबाट बबईको पानी तानेपछि सहज भएको छ ।” अहिले त्यहाँका किसानले दुई बाली लगाउन सहज भएको छ । वैशाख, जेठमै मकै तथा अन्य तरकारी खेती गर्न सकिएको उहाँले जानकारीदिनुभयो । त्यस्तै पुस, माघमा पनि सिँचाइमा सहज भएको उहाँको भनाइ छ । १५ किलोवाट सोलारबाट बबईको पानी तानिएको हो । यस्तै जिल्लामा २६ वटा लिफ्ट निर्माण भएका छन् । जसबाट ८५७ हेक्टरमा सिँचाइ पुगेको छ । तुलसीपुुरमा आठ, घोराहीमा पाँच, दङ्गीशरणमा नौ, शान्तिनगरमा एक र बबईमा तीन लिफ्ट निर्माण भएको कार्यालयले जनाएको छ ।

 

त्यस्तै यो अवधिमा जिल्लामा ३३ नयाँ प्रविधिमा आधारित सिँचाइ पोखरी निर्माण भएका छन् । यसबाट ६०६ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ । अहिले थप २० वटा लिफ्ट निर्माणको काम भइरहेको छ भने १८ लिफ्ट सिँचाइ प्रणालीको डिपिआर तयार भइसकेको छ । त्यस्तै भूमिगत सिँचाइतर्फ यसै आर्थिक वर्षमा २५ वटा डिप ट्युवेलको निर्माण कार्य अन्तिम चरणमा रहेको र थप १७ डिपबोरिङका लागि बोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो ।

 

त्यस्तै उपत्यकाको पहाडी भिरालो कृषियोग्य भूमिमा नयाँ प्रविधिको सिँचाइ प्रणाली विकास गर्नका लागि फोहोरा सिँचाइ र पाइप सिँचाइ तथा पोखरी सिँचाइ गरी ३३ निर्माण भएका छन् ।

माडी–दाङको अध्ययनको तयारी

 

प्रत्येक वर्ष माडी–दाङका लागि सङ्घीय तथा प्रदेश सरकारले बजेट विनियोजन गर्छन् तर त्यसको उल्लेख्य प्रगति हुन नसकेको गुनासो नागरिक स्तरबाट आउने गरेको छ । अहिले उक्त आयोजनाको अध्ययनको तयारी भइरहेको सूचना अधिकारी गौतमले जानकारीदिनुभयो ।