कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप; ६ घाइते



जुम्लाको तातोपानी गाउँपालिकामा माओवादी र कांग्रेसका कार्यकर्ताबीचको झडपमा परी ६ जना घाइते भएका छन् । वडा नम्बर ३ को मतगणनामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजय भएपछि विजय जुलुसमा निस्कने क्रममा माओवादीका वडाध्यक्ष डिल्ली रावल समर्थित युवाले  ढुंगामुढा गरेपछि झडप भएको थियो ।

 

घाइते हुनेमा तातोपानी ३ बस्ने २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी शाही, २१ वर्षका अजित कामी, प्रकाश सुनार र तातोपानी १ का १८ वर्षीय धर्मराज रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


 एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, १२ राउन्ड हवाइ फायर

धनगढी — बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

 

मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ ।

 

प्रहरीले १२ राउण्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।

 

सशस्त्र प्रहरी परिचालन गरेर स्थिती नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छैन ।


सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदान नै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको जानकारी दिएका छन्  ।

 

चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ मतदान रोकिएको छ । प्रहरीले हवाई फायर गरी स्थित नियन्त्रणमा लिएको छ ।

 

यस्तै, बरहथवा नगरपालिका–१७, श्रीपुरमा पनि विवादका कारण मतदान रोकिएको छ । ती दुवै ठाउँमा मतदान सुरु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

 

झडप भएर दुई पटक रोकिएको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान केन्द्रमा भने अहिले मतदान जारी छ । त्यहाँ पनि राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप हुँदा प्रहरीले एक दर्जन बढी राउण्ड हवाई फायर गरिसकेको छ ।

 

झडप नरोकिएपछि नेपाली सेनालाई पहिलो घेरामै राखेर मतदान भइरहेको छ । नेपाली सेनाले स्थित नियन्त्रणमा लिएपछि कौडेना गाउँपालिका–६, मा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि अहिले मतदान जारी छ । सेना पुगेपछि त्यहाँको अवस्था अहिले सामान्य छ ।

 

यस्तै, रामनगर गाउँपालिकास्थित पुरानो गाविस. भवन मतदान केन्द्रमा दिउँसो केहीबेर रोकिएको मतदान अहिले भने जारी छ । मतदान केन्द्रमा ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो ।

 

त्यसैगरी, मतदान अधिकृतले नै मतदान गर्न सिकाएको भन्दै विरोध भएपछि बलरा नगरपालिका–३को गाविस भवन मतदान केन्द्रमा सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान सुरु गरिएको छ ।

 

यी दुई–चार ठाउँबाहेक सर्लाहीका अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिनुभयो ।

 

पानी पर्दा धेरैजसो मतदान केन्द्रमा दिउँसो केहीबेर मतदान प्रभावित भएको थियो । ५ बजेसम्म लाइनमा आएर बस्नेलाई मतदान गर्न दिइने मुख्य निर्वाचन अधिकृत पियाले बताउनुभयो ।

 

मतदान सम्पन्न भएपछि सबै स्थानका मतपेटिका गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा पारिने छ ।

Comments Box