लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत फेकोफनले आयोजना गरेको कार्यक्रममा रास्ट्र्पति भण्डारी



राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर नभएर सिँगारेर मुलुकको विकास गर्नुपर्ने भावना नीति निर्माणका सबै तहमा स्थापित गर्नुपर्ने बताएकी छन्

 

 

मानव र प्रकृति एकअर्कासँग जोडिएको भन्दै मानव अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुने उनले बताइन् । सामुदायिक वन उपभोक्ता महासंघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

 

 

समाजमा अझै पनि लैंगिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको उनले बताइन् । ‘एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न संघर्ष गर्नुपरेको छ भने अर्कोतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानुनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोतर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु,’ राष्ट्रपति भण्डारीले भनिन् ।

 

यस्तै समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक रहेको पनि उनको भनाइ थियो । यस्ता अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वान गरेकी थिइन् ।

 

 

कार्यक्रममा महासङ्घकी अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मूलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने धारणा ब्यक्त गरिन् ।

Comments Box