मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ

खनालको ओलि लाई प्रश्न, "आफैले ल्याएको नीति तथा कार्यक्रम काम नलाग्ने हो कि अहिलेको सरकारले?"



नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पती नदिएको जवाफ दिएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता खनालले आफुले ओलीभन्दा १५ वर्ष अगाडि आफु प्रधानमन्त्री भएको र त्यसबेला आफुले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् ।

 

‘उहाँले मैले सबै श्री सम्पती, चल अचल सम्पती राज्यलाई बुझाएँ त्यस्तो अरु कोही छ भन्नुभो ? मलाई यसको जवाफ दिन खसखस लागिहाल्यो’, खनालले ओलीलाई जवाफ दिँदै भने, ‘उहाँ जतिबेला प्रधानमन्त्री हुनुभयो, त्यो भन्दा निकै अगाडि म प्रधानमन्त्री भएँ । आजभन्दा १५ वर्ष अगाडि ।’

 

उनले उक्त जमिनमा अहिले सिटीभिटीईको भवन बनेको बताए । ‘त्यसबेला इलाममा रहेको मेरो पैत्रिक सम्पतीका रुपमा रहेको ५५ रोपनी जग्गा मैले राज्यलाई दिएर सीटीईभीटी निर्माण गरेँ । सिटीभिटी भवन निर्माण गर्न जग्गा खोज्दा झ्याप्प झुप्प मिलेन । अनि आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ,’ उनले एकचोटी त्यो सिटीभिटी डाँडामा गएर अवलोकन गर्न सांसदहरुलाई आग्रह पनि गरे । खनालले ओलीले मात्रै नभएर अब क्रमश ः अरु नेताले पनि आफ्नो सम्पती राज्यलाई दिँदै जानेको संख्या थपिने भएकाले चिन्ता नगर्न आग्रह गरे ।


उपचारका लागि ३० लाख रुपैयाँ निकासा

७ श्रावण २०७८, बिहीबार: नेकपा एमालेका नेता झलनाथ खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि एपोलो अस्पतालमा उपचाररत छन् ।

 

 

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो ।

 

२ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

 

खुमलटार पुगेका देउवाले पूर्वप्रधानमन्त्री खनालसँग पनि टेलिफोनमा कुराकानी गरेका थिए । त्यसक्रममा उनले खनाललाई ‘उपचार गरेर आउनुस्, सरकारले सहयोग गर्छ’ भनेर बचन दिएका छन् ।

Comments Box