मनाङमा बाढीपहिरा – १० लघु जलविद्युत् आयोजनामा क्षति, १३ करोड बराबरको नोक्सानी



केन्द्रीय प्रसारण लाइनमा मात्र नभई बाढीपहिराले जिल्लाको लघुजलविद्युत्मा समेत क्षति पु¥याएको छ ।

 

यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले जिल्लाको १० लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीपहिराका कारण क्षति पुगेको जलविद्युत् तत्काल मर्मत गर्न सम्भव भने देखिएको छैन ।

 

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार बाढीपहिराका कारण झण्डै रु १३ करोड बराबरको नोक्सानी भएको छ । मस्र्याङ्दी नदी र जिल्लाका विभिन्न स्थानीय खोलामा आएको बाढीपहिराले पुरिनुका साथै सबै सामान बगाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङमा पहिलोपटक यसरी बाढीपहिराले भौतिक संरचनामा यति धेरै क्षति पु¥याएको हो ।

 

दश लघुजलविद्युत्मध्ये मनाङ सामुदायिक लघुजलविद्युत् आयोजना निर्माणकै अवस्थामा रहेको थियो । निर्माणाधीन अवस्थामा रहेको १०० किलोवाट क्षमताको सो जलविद्युत् पहिराले पुरिनुका साथै बाढीले बगाएको छ । बाढीपहिराले लघुजलविद्युत्मा रु १३ करोड बराबरको क्षति पु¥याएको छ ।”

 

जिल्लाभित्र रहेका १० लघुजलविद्युत् आयोजनामा बाढीपहिरोले सो रकम बराबरको क्षति पु¥याएको हो ।

Comments Box