बागलुङमा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य

संयुक्त रुपमा हस्ताक्षर गरेर बागलुङ २ (२)को उम्मेदवार निष्क्रिय भएको जानकारी



बागलुङमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य भएको छ । शनिबार बसेको बैठकले जनमोर्चाका विद्रोही समूहले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एमालेलाई सहयोग गर्ने सहमति भएको हो ।

 

एमालेका जिल्ला कमिटी सचिव विष्णु भुसाल र जनमोर्चाका विद्राेही समूहका प्रतिनिधि तिलक पुनले संयुक्त रुपमा हस्ताक्षर गरेर बागलुङ २ (२)को उम्मेदवार निष्क्रिय भएको जानकारी गराएका छन् ।

 

उनीहरुले संयुक्त रुपमा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्न निर्देशन समेत दिएका छन् ।

Comments Box