प्रहरी नै चितुवा किन्न तस्करकहाँ पुगेपछि



घटना लम्जुङको दोर्दी गाउँपालिकाको विकट पहाडी क्षेत्रको हो । जब जिल्ला प्रहरी कार्यालय लम्जुङलाई दोर्दीको विकट पहाडी क्षेत्रमा वन्यजन्तु तस्करी गरि त्यसको  बिक्रि  गरिन्छ भन्ने सूचना प्राप्त भयो । तब प्राप्त  सूचनाको आधारमा प्रहरीले आफ्नो अन्डरकभर  अपरेशन अगाडी बढाउने तयारी गरेकाे प्रहरी उपरिक्षक गंगा थापाले जानकारी दिनुभयाे । उहाँ भन्नुहुन्छ,  “तस्करी सम्बन्धी जानकारी प्राप्त हुने बित्तिकै यसकाे अनुसन्धान र खाेजमा लाग्नुपर्छ भनेर एउटा टाेली गठन गिरयाे । ”

तस्कर सम्म पुग्नु प्रहरीकाे लागि सजिलाे भने थिएन । तर, अण्डरकभर प्रहरी स्वयम् ग्राहक बनेर ३४ वर्षिया मनराज गुरुङको सम्पर्कमा पुगे । गुरुङसँग सम्बन्ध बढाउने चुनौती एकातिर थियो भने अर्को तर्फ विश्वास जित्नु पनि उत्तिकै चुनौती पूर्ण रह्यो प्रहरीको लागि । हप्तौँको लगातारको प्रयास, फाेन सम्पर्क, भेटघाट पश्चात मनराजसँग चितुवाको छाला लगायतका कुरा ३५,००० मा खरिद गर्ने सम्झौता भयो । सम्झौता अनुरुप प्रहरी टोली सहित अन्डरकभर प्रहरी सोमबार राती ११ बजे चितुवाको छाला र हड्डी खरिद गर्न दोर्दी गाउँपालिका वडा नै ६ स्थित सार्वजनिक सडक खण्ड तर्फ लाग्यो । अभियुक्त मनराज गुरुङ सुपर दोर्दी हाईड्राेपावरमा लेवर काम गर्दै आइरहेका थिए ।

Comments Box