बागलुङको धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालमा छनोट भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा तीन पटकसम्म गरेको मूल्याङ्कनका आधारमा ५० शय्याको अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्वास्थ्य निर्देशनालयबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा शर्त मापनमा ५० शय्या क्षमताका गोर्खा अस्पताल, […]
किन बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी ?
एण्ड रोड सम्बन्धी एशिया प्रशान्त क्षेत्रको उच्चस्तरीय सम्मेलनमा चीनले विकासोन्मुख मुलुकहरुलाई लक्षित गरेर बेल्ट एण्ड रोड भ्याक्सिन साझेदारी कार्यक्रमलाई अगाडि बढाउने प्रस्ताव गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । भ्याक्सिनबारे अनुसन्धान, यसको उत्पादन र वितरणमा सो कार्यक्रम केन्द्रित हुनेछ । साथै, विकासोन्मुख मुलुकहरुको भ्याक्सिनमा पहुँच बढाउनको लागि सो कार्यक्रम अगाडि बढाउन खोजिएको हो ।
‘भेरोसेल’को दोस्रो मात्रा जेठ २ देखि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा […]
अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुराेध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफँै राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण […]
उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा […]
कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित
आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ । गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका […]
कोरोना महामारीमा गर्भवतीको बिजोग
टीकापुर, २२ वैशाख – कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररूपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन्। कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरू बढी नै चिन्तित बनेका हुन्। टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने […]
प्रहरी अस्पतालमा अक्सिजन उत्पादन
काठमाडौँ, २१ वैशाख – नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ। उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो। यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालमा खपद हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने […]
महामारी र वैदेशिक रोजगारी– जटिल बन्दै नेपालीको मानसिक समस्या
“हरेक स्थानीय तहमा मनोचिकित्सक वा स्वास्थ्यकर्मीलाई मनोसामाजिक तालीम दिएर सेवामा खटाउन आवश्यक भइसकेको छ।” टीकापुर, २१ वैशाख- कैलालीको टीकापुरकी ४० वर्षीया अनिता (नाम परिवर्तन) का श्रीमान्को कोरोना सङ्क्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्यु भयो। उनी वैदेशिक रोजगारीका क्रममा दुबई थिए। तीन वर्ष दुबईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान् कोरोना सङ्क्रमणका कारण […]
कोभिड १९ : कसरी पुग्यो चरम बिन्दुमा ?
छिमेकी राष्ट्र भारतसँगै नेपालमा पनि कोभिड १९ को संक्रमण तीव्र रुपमा उकालो लागिरहेको छ । नेपालमा कोभिड १९ उकालो लाग्नुमा पछाडी विभिन्न खालका कारक छन्। यसै सन्दर्भमा हामीले नेपालमा कोभिड १९ संक्रमण तिव्र गतिमा फैलिनुका कारण के हुन सक्लान् भनेर चिकित्सा क्षेत्रमा लामो समय देखि काम गरिरहनुभएका तामाकाेशी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यसँग कुराकानी […]