प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु १६ करोड ६२ लाख […]

स्वस्थानी व्रत समापन

पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम शनिबार बेलुकी नै समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए । जाग्रामपछि […]

द्वन्द्व प्रभावित परिवार निराश, पीडितले अझै न्याय पाएनन्

रुपन्देही, १६ फागुन (रासस) : तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् ।   लामो […]

jail

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिनुभयो । “कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”,। उहाँले भन्नुभयो, “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको […]

जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु

जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । वडा तहबाटै काम शुरु भएको बताइएको छ । भरतपुर महानगरपालिकाले […]

नक्कली सिफारिशमा धमाधम स्कुल बन्दै: लमजुङमा राज्यकोषको दुरुपयोग

लमजुङको राइनास नगरपालिका वडा नम्बर ९ को सप्तकन्या प्राथमिक विद्यालयमा कक्षा १ देखि ४ सम्ममा नौ जना विद्यार्थी छन्। कक्षा ५ मा एक जना पनि विद्यार्थी छैनन्। तर, प्राथमिक तहमा नौ विद्यार्थी भएको विद्यालयको भवन बनाउन नगरपालिकाले २१ जना विद्यार्थी अध्ययनरत रहेको सिफारिश लेखेको छ।   नगरको सिफारिशका आधारमा आर्थिक वर्ष २०७६/७७ मा दुईकोठे भवन […]

प्रदीपकुमार यादव, जहाँ पुगेपनि संस्था सुधार्न सक्ने कर्मचारी

काठमाडौँ- ‘सरकारी संस्थान’ भन्ने बित्तिकै अझै पनि कतिपयको दृष्टिकोण परिवर्तन भइहाल्छ। यस्तो आरोप लगाइन्छ, “संस्थान भनेका सरकारका लागि ‘बोझ’ हुन्। त्यँहा सक्षम व्यक्ति छैनन् , उनीहरुले देश र जनताका पक्षमा काम गर्न सक्दैनन्। आम नागरिकको दैनिक जनजीवनमा गहिरो प्रभाव पार्न पनि सक्दैनन्।” केही व्यक्तिका बुझाइजस्तो सबै सार्वजनिक संस्था त्यस्ता छैनन्। नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल […]

पर्यटकको प्रतिक्षामा छ – आबुखैरेनीको आँधिमूल

पोखरा(रासस)–पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल। प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ। कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेलिरहेका माछाले जस्तासुकै तनावमा रहेको मानिसको पनि मन […]

चियाको स्वादमा मजदूरका आँशु: मासिक ज्याला मात्र रू ३८५।-

चियाको चुस्कीबाट बिहानको कामकाज शुरु गर्ने नेपालीको बानी बसिसकेको छ। मगमगाउने त्यही चियाले पाहुनाको सत्कार पनि गर्ने गरिन्छ। त्यसैगरी चियाको व्यापार गरेर मुलुकले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्छ। त्यही चियाको बोटमा पसिना सिञ्चित गर्दै आएका हजारौँ श्रमिकले भने कहिल्यै खान पुग्ने गरी ज्याला पाउन सकेका छैनन्। सरकारले २०७५ साउन ३१ गते नेपाल राजपत्रमा सूचना […]

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्नुहुन्छ, ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बन्नुभएको थियो । पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा […]