सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ। स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीनवटा छलफल सत्र र चारवटा मुख्य सत्रमा सहभागी भएको थियो। यही जुलाई ८ देखि ११ तारिखसम्म सम्पन्न सो सम्मेलनमा कसरी सूचना प्रविधिको प्रयोगबाट दिगो विकास लक्ष्य […]
बेँसीसहर-चामे सडक राति बन्द
लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा असार २४ गते रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका […]
साम्बाको सम्मानबाट निम्त्याइएका पर्यटक
फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो। मर्स्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको […]
बजेट नहुँदा सधै जोखिममा छ, बेँसीसहर–चामे सडकयात्रा
चट्टान खोपेर बनाइएको साँघुरा सडक। माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर। अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मर्स्याङ्दी नदी। उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। मर्स्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै […]
लमजुङका १७ आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन
हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ। यहाँ मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रूपमा बिजुली उत्पादन भएको हो। गत मङ्सिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको […]
सुरजकुमार दुराको सम्मान
दुरा सेवा समाजले सङ्घीय संसद् सचिवालयका सचिव सुरजकुमार दुरालाई सम्मान गरेको छ। अल्पसङ्ख्यक दुरा समुदायबाट सङ्घीय संसद्को सचिव पदमा पुगी दुरा जातिको नाम राखेकामा समाजले सम्मान गरेको हो। दुरा समाजको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा परम्परागत शैलीमा सचिव दुरालाई सम्मान गरिएको हो। केही दिनअघि मात्र उहाँ सचिवमा बढुवा हुनुभएको थियो। सो अवसरमा सचिव […]
पिच बाटोमा दोर्दी सरर
लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ। यस खण्डअन्तर्गत उदीपुर–रिठ्ठेबगर–नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो। गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताउनुभयो। उहाँका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव […]
तपाईँको प्रतिक्षामा, १,००० वर्षभन्दा पुरानो गुरुङ गाउँ
लमजुङको मस्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ। गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने भएकाले यहाँका प्रकृृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको हो। लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको मानिने यो गाउँ समुद्री सतहबाट दुई […]
घट्दै छ दूधपोखरीकुण्डमा पानी, कसरी जोगाउने?
लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा जलसतह घट्दै गएपछि स्थानीय चिन्तित भएका छन्। विगतमा भरिभराउ रहने दूधपोखरीकुण्ड पछिल्लो समय जलसतह घट्दै गएपछि यहाँको सौन्दर्यमा चुनौती थपिएको सरोकार भएकाहरूले बताएका हुन्। पथप्रदर्शक गङ्गा घलेले जलसतह घट्दै जाँदा यहाँको सौन्दर्यमा चुनौती बढाएको भन्दै यहाँको धार्मिक पर्यटनमा यसले नकारात्मक असर पार्ने देखिएको बताउनुभयो। पर्यटकीय […]
लमजुङको संवृद्धि आधार
विगतको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला लमजुङ संविधान जारी भई राज्यको पुनर्संरचना गरेपछि गण्डकी प्रदेश अन्तर्गत छ। पहिले ६१ गाविसमा विभाजित लमजुङमा अहिले ८ पालिकामा विभाजित छ। सामान्यतः विगतका ११ वटा इलाकी संरचना अन्तर्गत यी पालिका निर्माण भएका छन्। विगतको इलाका २ को चण्डीस्थान र बाग्लुङपानी अनि इलाका ८ का बाझा खेत र चिति र […]