कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशतअर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युत्को प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ लाखअर्थात् […]
केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक
१२ साउन (रासस) : कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले […]
विकास र समृद्धिको अभियान निर्वाध बढाउँछौं: मुख्यमन्त्री शाही
३ वैशाख(रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताउनुभएको छ । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताउनुभयो । “हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उहाँले […]
राराताल – मुलुुककै पर्यटनको आकर्षण
कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने […]
विद्युत उत्पादन गृह भत्कियो, चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु
सुर्खेत, ३१ असाा: हुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ । घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ […]