लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित

तुलसीपुर । लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकापछि उनी स्वतः निलम्वनमा परेका लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।   प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्वनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्वन गरिएको जानकारी […]

९ बाट बढाएर १३ बनाईएकोमा अव १२ वटा मन्त्रालय कायम गर्ने निर्णय

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा आजै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालय घटाउने निर्णय गरेको हो ।   मन्त्रिपरिषद बैठकले प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको प्रवक्ता मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । उनलाई मन्त्रिपरिषद बैठकले प्रवक्ता तोकेको हो । […]

लुम्बिनीका मुख्यमन्त्रीले मध्यराति दाङ सारे मन्त्रालय

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ।   अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो।   मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्।   कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ ल्याइएका छन्।   दाङको राप्ती गाउँपालिका वडा […]

लुम्बिनीकाे बिजुली बसमा २० हजार यात्रुले गरे सवारी

भैरहवा, १५ कार्तिक: लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो ।   दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी […]

मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ – मेयर, भूमिकास्थान नगरपालिका, अर्घाखाँची

अर्घाखाँची, १० साउन: सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका-४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए । बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् […]

गोरखामा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

गोरखा, २ साउन : गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।    मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो ।  घाइते भएका […]

अर्काको श्रीमान आफ्नो भन्दै कुट्पिटमा उत्रेकी राज्यमन्त्री द्वारा राजिनामा

बुटवल, १५ असार: लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् ।     उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।       ‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने ।   […]

वर्षका उत्कृष्ट सात नगरपालिका; तिलोत्तमा र वालिङ लगातार उत्कृष्ट

  नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।   संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर […]

बाल विवाह अन्त्यका लागि रणनीति स्वीकृत

१२ साउन (रासस) : लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।   प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति […]

५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याइने

१२ साउन (रासस) : खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले आफ्नो कामलाई तीव्र पारेको छ । आयोजना प्रमुख राजु आचार्यले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएकोे जानकारी दिनुभयो ।     “यो कार्यालयको उद्देश्य भनेको ५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने हो, सोही अनुरुप हामीले काम गर्न थालेका […]