कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।   इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्याम अर्यालले बताए ।   दुवै सडकको  वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।     आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत […]

स्थानीय तहले आलु खरिद गरेपछि किसानलाई राहत

पर्वत । पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ । रु १० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ ।   जलजला–६ शालिजाका तीन कृषक […]

कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो

काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएकाे छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएकाे हाे ।   उहाँले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएकाे हाे ।  आयोजक मानव सेवा फाउण्डेसनका […]

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्ने बताएका छन् । उनले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताए ।   “पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता […]

उच्चको आदेशपछि महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम (फोटो फिचर)

काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिको द्धन्द्धका कारण रोकिएको काठमाडौंको न्युरोडको काम फेरि सुरु गरिएको छ । मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो ।    

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो ।   वर्षौँदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि आवागमनमा सहजता हुने भएको छ । […]

रानीकुवामा प्रवेशद्वार निर्माण सुरु

बेंसीशहर नगरपालिका ३, रानीकुवामा बेंसीशहर नगरपालिकाले गाउँशहरसहितका ऐतिहासिकस्थल तथा पर्यटकीय स्थल समेट्दै प्रवेशद्वार निर्माण सुरु गरेको छ । बेंसीशहर नगरपालिका ३, ४ र ५ को प्रवेशद्धार रानीकुवामा निर्माण सुरु भएको प्रवेशद्धारको बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । उहाँले गाउँशहर दरबार, लमजुङ कालिका, काउलेपानी होमस्टे, शान्ति स्तुपा, नाल्मा र पुरानकोट […]

बेसीशहरद्धारा अनुदानमा किसानलाई मल्टिक्रप थ्रेसर मेसिन सहयोग

बेसीशहर । बेसीशहर नगरपालिकाले अनुदानमा किसानलाई मल्टिक्रप थ्रेसर मेसिन सहयोग गरेको छ । नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा ५ वटा कृषक समूहहरुलाई मल्टिक्रप थ्रेसर वितरण गरेको हो । उक्त मेसिन आइतबार नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकामा एक कार्यक्रमकाबीच कृषक समूहहरुलाई वितरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुमानसिंह अर्यालले मल्टिक्रप थ्रेसर मेसिन […]

बेंसीशहर नगरपालिकाद्वारा ५० युवालाई सवारी चालक तालिम

बेंसीशहर । युवाहरुहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले बेसीशहर नगरपालिकाले प्रदान गरेको एक महिने  ड्राईभिङ तालिम सम्पन्न भएको छ । बेंसीशहर नगरपालिकाले ५० जना युवालाई हलुका सवारी चालक तालिम प्रदान गरेको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले युवाहरुलाई आत्मनिर्भर बनाएर स्वरोजगार बनाउने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो । तालिमले दक्ष जनशक्ति […]