गण्डकी । पोखराका पथप्रदर्शक दिवस गुरुङ दसैँका दिन मनाङको विकट गाउँ नार्फु पुगेका थिए। देशभर दसैँको उल्लास छाइरहँदा उनी भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका थिए । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ । […]
नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौता, ४० मेगावाट निर्यात हुने
काठमाडाैं । नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएकाे छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रेजुल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) […]
राष्ट्रपति भवनमा घटस्थापना गरियो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन् । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उनले घटस्थापना गरेर जमरा राखेका हुन् । आज […]
बागलुङ कालिकामा दर्शनार्थीको भीड
बागलुङ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । सोह्र श्राद्धमा मुक्तिनाथ गएका […]
देवघाटमा भक्तजनको भीड – भिडियो
नारायणगढ, २८ साउनः साउनको अन्तिम सोमबार आज देवघाटधाममा स्नान तथा पूजा र शिवको आराधना एवं जल चढाउन आएका भक्तजन । साउन महिनाभरी ब्रत बसेका भक्तजनहरु अन्तिम सोमबार यहाँ आई पूजा आराधना र दान दक्षिणा गरी विधिपूर्वक व्रत समापन गर्ने गर्दछन् ।
थारू समुदायले मनाए गुरही पर्व
काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही/गुरिया पर्व मनाएका छन् । अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारू आयोगका अध्यक्ष विष्णु चौधरीले शुभकामना दिए । उनले भने, “विगत केही वर्षयता थारू महिलाहरु सङ्गठित हुँदै गएकामा खुसी लागेको छ । महिलाहरुले यसलाई पर्व […]
कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो
काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएकाे छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएकाे हाे । उहाँले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएकाे हाे । आयोजक मानव सेवा फाउण्डेसनका […]
आजदेखि स्वस्थानी व्रत सुरु शाली नदीमा भक्तजनको भीड (फोटो फिचर)
काठमाडौँ, माघ ११ गते । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ । यो समाचार गोरखापत्र […]
मनाङको मौलिक ‘तिर पर्व’ अर्थात ‘मेथा पर्व’
हिउँद सकिएर बर्खा लागेको संकेत दिँन मनाङमा ‘मेथा ध्वाज्याङ’ पर्व अर्थात मनाङको मौलिक तिर पर्व मनाईन्छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रा लगायतका विभिन्न प्रकारका जात्रा मनाइने गरिन्छ। मेथा ध्वाज्याङ पर्व मनाङका चार वटै गाउँपालिका नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरकफरक शैलीमा मनाउने परम्परा रहेको छ। उसो त मनाङ ङिस्याङ […]
पृथ्वीजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’को रुप दिने कसरत; अघिल्लो वर्ष सिंहदरबार अगाडि ‘गणतन्त्र मुर्दावाद’को नारा
नेपाल गणतन्त्रात्मक राज्य भएपश्चात् बेलाबखत पृथ्वी जयन्तीलाई नै ‘राष्ट्रिय एकता दिवस’ को रूपमा मनाउने कि नमनाउने भनेर नेपाली समाजमा बहस तथा विवाद हुने गर्छ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन […]