रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन् । फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा आफ्नो र्याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात […]
विश्वकप फुटबल : खेलाडी र विजेताले कति पैसा पाउँछन ?
नोभेम्बर २० बाट कतारमा विश्वकप फुटबल आयोजना हुँदैछ। उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामाना गर्नेछ। विश्वकप ३२ राष्ट्रले खेल्नेछन्। हरेक राष्ट्रले २६ जना खेलाडी समाहित गरेर टोली निर्माण गरेको छ। विश्वकप खेल्ने खेलाडीहरूलाई फिफाले पैसा दिने गरेको छ। आफ्ना क्लबमा आवद्ध खेलाडीलाई विश्वकप खेल्न दिए बापत फिफाले त्यस्ता क्लबलाई २० करोड डलर छुट्टाएको […]
पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
रासस/सिन्ह्वा: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते हुनुभएको छ । उहाँको खुट्टामा गोली लागेको बताइएको छ । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा पूर्व प्रधानमन्त्री खानमाथि गोलीप्रहार भएको हो । गोली चलेपछि मार्चका क्रममा भाग दौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका […]
भारतले प्रयोगमा ल्यायो डिजिटल मुद्रा
भारतले पाइलट प्रोजेक्टको रूपमा आज (नोभेम्बर १) बाट डिजिटल मुद्रा प्रयोगमा ल्याउने भएको छ। पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्याउन नौ वटा बैंक छानिएका छन्। एसबिआई बैंक, बैंक अफ बरोडा, एचडिएफसी बैंक, यस बैंक, कोटाक महिन्द्रा बैंक र आइसिआइसिआई बैंकले यसको कारोबार गर्न पाउने छन्। विशेषतः दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा यसको […]
युक्रेनको पक्षमा नेपालको मतदान
संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको […]
अस्ट्रेलियन बोतल ट्री
अस्ट्रेलियन बोतल ट्री, वनस्पति नाम Brachychiton populneus, एक आकर्षक ठाडो रूप र उज्यालो हरियो पातहरु संग एक कडा सदाबहार छाया रूख हो जुन कुनै पनि परिदृश्य लाई बढाउँछ। यो सानो देखि मध्यम आकारको रूख एक अष्ट्रेलियाली मूल निवासी हो जसको साँघुरो वृद्धि बानी छ जसले तिनीहरूलाई बन्द-क्षेत्रहरूमा प्रयोगको लागि मनपर्ने बनाउँछ। परिपक्व रूखहरूले एक […]
पाकिस्तानलाई २२ टन राहत सामाग्री
नेपालले मानविय सहायता स्वरुप २२ टन राहत सामाग्री आज पाकिस्तानलाई हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले ती सामाग्री पाकिस्तानको कराँची गई सिन्ध प्रान्तका समाज कल्याणमन्त्री साजिद जोखियोलाई हस्तान्तरण गरेकी हुन् । पछिल्लो दिनमा बाढीले पाकिस्तानका ठूलो जनधनको क्षति गरेपछि नेपालले उक्त राहत सामाग्री पठाएकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद्को […]
अर्बपतिहरूको सूची: एलन मस्क, जेफ बजोस अनि गौतम अडानी …
भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन्। फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्। विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कूल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर […]
शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु
नयाँ दिल्ली, २९ साउन: भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला […]
छारे रोगको उपचारमा नयाँ प्रविधि
भारतमा एपिलेप्सीका बिरामीको उपचारका लागि आईआईटी दिल्लीले यस्तो नयाँ प्रविधिको विकास गरेको छ, जसका माध्यमबाट बिरामीको मस्तिष्कको शल्यक्रिया आवश्यक पर्ने ठाउँका बारेमा सजिलै पत्ता लगाउन सकिन्छ। अनुसन्धानकर्ताहरूले यस प्रविधिलाई ‘नन-इनभेसिभ ईईजी आधारित ब्रेन सोर्स लोकलाइजेशन’ नाम दिएका छन्। यस प्रविधिको मद्दतले यो प्रक्रियामा लाग्ने समयको बचत मात्र गर्दैन, बिरामीको पीडा र असुविधा पनि कम हुन्छ। […]