सोमबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदनअनुसार भाडा समायोजन गरेको हो । प्रदेश सरकारद्वारा समायोजित भाडा दरअनुसार प्रदेशभित्र लामो दूरीमा चल्ने बसमा यात्रुले अब थप २३.५१ प्रतिशत भाडा तिर्नुपर्नेछ । नगरबसमा यात्रा गर्दा सेवाग्राहीले अब थप २२.५५ प्रतिशत तिर्नुपर्नछ । जिपमा यात्रा गर्ने यात्रुले ५.५ प्रतिशत थप भाडा तिर्नुपर्नेछ । ट्रकको […]
निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल
जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको गङ्गापूर्ण ताल पनि यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ । निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल 22 […]
संसद कोष बाट बनेको संम्पदा बगाएपछि, निजी खर्चमा पुन निर्माण
मनाङ जिल्लाको नांसो गाउँपालिका वडा ८ मा पर्ने ताचै गाउँ आफैमा सुन्दर गाउँ हो । यस गाँउमा प्रसिद्ध धर्मस्थल सातकन्या देवीको मन्दिर रहेको छ । मन्दिरकै हातामा सात वटा धारामा तातो पानी समेत बग्ने गरेको छ । स्थानिय सोमराज थिमे गुरुङका अनुसार, स्थानिय हरुको; अझै विशेष रुपमा स्थानिय आमा समुहको, […]
मनाङ प्रहरीद्वारा हिमपात पछी बेपत्ता भएका किसान मृत फेला
हिमपहिरोमा परेर ४ दिनदेखि हराइरहेका किसान मृत अवस्थामा भेटिएको जानकारी दिन जिल्ला प्रहरी कार्यालय मनाङले लेखेको छ: “मिति २०७८।०९।१४ गते जिल्ला मनाङ नासों गा.पा ४ ओडार बस्ने गम्भिरजंग गुरुङ को छोरा बर्ष अं ५३ को (आजुङ लाटा) भन्ने आच्यु गुरुङ तपकी स्थित भेडी गोठ बाट घर फर्कने क्रममा ऐ.ऐ दफाडि जंगलमा हिउँपहिरोमा परी हराई […]
गन्डकीका मुख्यमन्त्रीको हेलिकप्टर मोह बारे …
सामाजिक सन्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरिएको छ । गन्डकी प्रदेश का मुख्यमन्त्री चडेको हेलिकप्टर बारी मा बनाईएको मा अवतरण हुन्छ । त्यहाँ रहेका प्रहरी ढोका लगाउन पुग्छन र हतपत मुख्यमन्त्री को स्वागत मा बसेका हरु ले माला लगाईदिन्छन । यि भिडियोहरु पोस्ट भएका टिकटकमा थुप्रै मानिस हरुले आफ्नो धारणा राखेका छन । […]
अङ्ग्रेजी नयाँ वर्ष 2022- बन्दीपुर र दमौलीमा महोत्सवका साथै साङ्गीतिक कार्यक्रम
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँका विभिन्न ठाउँमा साङ्गीतिक कार्यक्रम हुने भएको छ । बन्दीपुर र दमौलीमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा खाना महोत्सवका साथै साङ्गीतिक कार्यक्रम हुन लागेको हो । पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव आयोजना गरिएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र उद्योग वाणिज्य सङ्घको […]
११ हजार फीटको उचाइमा बसेको मानव बस्ती
२१ कात्तिक, २०७८ (तिलिचो न्युज): २०७३ को पुनःसंरचनामा यसलाई नार गाविस र फु गाविस मिलाइ नार्पाभूमि गाउँपालिका निर्माण गरिएको हो । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सुन्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ । यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको […]
राष्ट्रपती मनाङमा; ‘साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी’ अवलोकन
आज राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ आउनु भएको छ । मनाङ ङिस्याङ गाँउपालिका वडा न १ भ्रताङमा रहेको एग्रो मनाङ प्रा लि को स्याउ बारी साउथ ईस्ट एशिया भरीमा रहेको हाई डेन्सिटी स्याउ बारीहरुमा नै सबै भन्दा ठुलो स्याउ बारी हो । ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । […]
“अब मनाङ सडक सन्जाल द्वारा सारा नेपाल सँग पहुचमा पुगेको छ “- प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ
बेशिसहर-चामे-खाङसार सडक खण्ड सुचारु भएको छ । यस बर्षको बाढी पहीरोको कारण क्षती भएको सडक करिब चार महीनामा पुर्णरुपमा सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै लम्जुङको बेसिशहर बाट सिधै मनाङको खाङ्सार पुग्न सकिने भएको छ । मनाङ बाट निर्वाचित प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङले वैकल्पिक मार्ग प्रयोग […]
गण्डकी सरकारको १०० दिन; कागजी उपलब्धीको फेरिहिस्त, जनता भन्छन, ‘प्रदेश सरकार छ भन्ने महसुस गर्न पाईएन’
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विस्तापित बन्दै प्रदेशको सबैभन्दा ठुलो दल बाहेक सबै दल मिलेर वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सरकार बनेको हो । लामो समयसम्म गठबन्धनमा कुरा मिल्न नसकेका कारण मन्त्रीमन्डल विस्तार हुन सकेको थिएन भने मनाङमा त वाढी-पहिरो पछी स्थानिय जनताले प्रदेश सरकार छ भन्ने महसुस समेत गर्न नपाएको भनेका खबरहरु ब्यापक भएका थिए […]