मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको नेतृत्वमा प्रदेश सरकारको टोली युरोप भ्रमणमा जाने भएको छ । संघीयताको मोडालिटी अध्ययन गर्न भन्दै प्रदेश सरकारको जम्बो टोली युरोप जान लागेको हो । संघीय संसद र प्रदेशसभाको निर्वाचनको मुखमै प्रदेश सरकारको टोली संघीयताको मोडालिटी अध्ययनका लागि युरोप भ्रमणमा जानुको अर्थ नहुने कतिपयको भनाइ छ । पाँच वर्षे […]
महावीर पुनलाई गण्डकी रत्न सम्मान; अनुसन्धानका लागि १० करोड
पोखरा, २७ चैत । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले […]
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
पोखरा, १७ असार: गण्डकी प्रदेशका ८५ वटै पालिका उपप्रमुख पोखरामा भेला भएका छन् । न्याय सम्पादन चुनौती र प्रक्रियाबारे छलफल गर्न उनीहरूलाई प्रदेश सरकारले अभिमुखीकरण कार्यक्रम राखेको हो । संविधानले नै उपप्रमुखको संयोजकत्वमा स्थानीय तहमा न्यायिक समिति गठन हुने र उक्त समितिले सानातिना उजुरी फस्र्यौट गर्ने व्यवस्था गरेको छ । त्यसकै आधारमा न्यायिक समितिले […]
के छ ‘लाल आयोग’को प्रतिवेदनमा ?
काठमाडौं, १२ असार : सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् । तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र […]
जितपुरसिमरामा चर्तिकला; स्थानको विषयमा विवाद हुँदा शपथ नै भएन
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । शपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र उपमहानगर प्रमुखबीच असहमति नभएपछि स्थगित भएको हो । उपमहानगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नै कार्यकक्षमा शपथ ग्रहण गराउने तयारी गरेका थिए । तर, न्यायिक इजलास कक्ष भत्काएर बनाइएको उपमहानगर प्रमुखको […]
बारामा एमाले सबैभन्दा ठुलो दल; कसरी उल्टियो ०७४को नतिजा ?
स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक पाँच पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा विजयी भएको हो । नेकपा एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ र पचरोटामा […]
मेयरमा जसले जिते पनि आफताव आलमकै परिवार
रौतहटको राजपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट शेख वकिल अख्तर, नेपाली काँग्रेसका तर्फबाट रजिक आलम, एमाले केन्द्रको तर्फबाट शेख सकिल अख्तर र जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्म जैद आलम (जैद राजा) ले उम्मेदवारी दिएका छन् । उनीहरु सबै एउटै परिवारका हुन् । उनीहरु सबैका आदर्श भनेकै नेपाली काँग्रेसका पुराना नेता शेख इद्रिस हुन् […]
उत्सवमय मिथिला : होलीको रौनक
स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ […]
दशगजामा ड्यामसहित सडक बनाउँदै भारत; गृह र प्रम कार्यालय जानकार तर चुप !
भारतले दशगजानजिकै एकतर्फी रूपमा ड्यामसहितको सडक निर्माण गरिरहेको छ । दुई देशबीचको तल्लो र माथिल्लो तटीय क्षेत्रको आठ किलोमिटरसम्म एकतर्फी ड्याम, ठूला संरचना र प्राकृतिक पानीको बहाव रोकिने संरचना निर्माण गर्न पाइँदैन । निर्माण गर्नुपरे दुवै देशको सहमति अनिवार्य छ । तर, भारतले प्रतापपुर गाउँपालिकाको झुलनीपुर नाका नजिकै दशगजाबाट ५० मिटर दूरीमा सडक निर्माण गरिरहेको हो । भारत […]
मिथिलाञ्चल १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु
मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला […]