हिमशृङ्खला

सोलुखुम्बु, सोलुखुम्बुको पर्यटकीयस्थल पत्तालेबाट देखिएको नुम्बुर, कारेलुङ हिमाल र आसपासको क्षेत्र । तस्बिर : सुवास दर्नाल /रासस

मान्छे बेगरका घरहरु

लमजुङ : छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ ।     उहाँको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर […]

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।   अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको […]

जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिँदैन : पृथ्वीसुब्बा गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।   नेकपा एमाले लमजुङले शनिबार लमजुङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको अनुसन्धान नरोकिने प्रष्ट  पार्नुभयो । […]

‘जहाँ पुगौँला, त्यहीँ चाड मनाउँला…’

गण्डकी । पोखराका पथप्रदर्शक दिवस गुरुङ दसैँका दिन मनाङको विकट गाउँ नार्फु पुगेका थिए।     देशभर दसैँको उल्लास छाइरहँदा उनी भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका थिए । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ । […]

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली […]

दोर्दीगाउँपालिकाले मेमेपोखरीमा नयाँ धर्मशाला निर्माण, पर्यटकहरूको अनुभवमा वृद्धि”

दोर्दी गाउँपालिकाको पर्यटकीय क्षेत्र मेमेपोखरीमा दोर्दी गाउँपालिकाले धर्मशाला निर्माण गरिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरी धर्मशाला निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । मेमे पोखरीमा धर्मशाला निर्माणको काम सकिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार धर्मशालन निमाण भएपछि पर्यटकीयस्थल मेमेपोखरी अध्ययन अवलोकन, मनोरञ्जनका लागि जानेहरुको लागि सहज […]

बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’

म्याग्दी, १० साउन  । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक दैनिकजसो अव?द्ध बनाउने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।   म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एंकरिङ’ प्रविधि प्रयोग गरेर रोकथामको […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला–स्थलगत निरीक्षण

नारायणगढ, १० साउनः गौरवको आयोजनामा समेटिएको चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिहीबार संयुक्त?पमा स्थलगत निरीक्षण गरिएको छ । निरिक्षणमा महानगर प्रमुख रेनुदाहाललगायत महानगरका कर्मचारीह? प्राविधिक  र निर्माण कम्पनीका प्रतिनिधिह?को सहभागिता रहेको थियो ।  निर्माण कम्पनी र महानगरले संयुक्त?पमा स्थलगत निरीक्षण गरेपछि लगतै काम सु? गर्ने तयारी रहेको छ । भरतपुर महानगरपालिका र […]

पदभार ग्रहण गर्नासाथ सञ्चारमन्त्री गुरुङ कर्मचारीलाई प्रतिफल आउने काम गर्न निर्देशन

काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ ।   सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उहाँले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गर्नुभएको छ ।   मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउने गरी क्रियाशील हुन […]