कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो। बाँके,नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो। जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल […]
राष्ट्रकविले खेल्ने, बस्ने गरेको चौतारा मर्मत
चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा जीर्ण बन्दै गएको उपल्लो टाउको चौताराको मर्मत गरी संरक्षण गरेको हो। राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार प्रदेश सरकारको रु १० लाख लाखतमा चौतारा मर्मत तथा संरक्षण गर्ने कार्य सम्पन्न भएको छ। उहाँले भन्नुभयो, “चौतारा वरिपरी पर्खाल लगाउने, चौतारासम्म पुग्ने दुई सय मिटर […]
दलित महिलालाई मध्यरातमा चर्पी जाने बाध्यता
१८ महिने सुत्केरी दिपासा बिक हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो। तुलनात्मक रुपमा सम्पन्न गोरखाको […]
५० वर्ष अगाडी ८ धार्नी तामा आउने खानीमा खोजतलास
म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो। मालिका गाउँपालिका–३ र ४ को सिमानामा तामाखानी छ। मालिका गाउँपालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार […]
लमजुङका १७ आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन
हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ। यहाँ मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रूपमा बिजुली उत्पादन भएको हो। गत मङ्सिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको […]
बल्ल खुल्यो गोरखाको ङुइला नाका
चीनको स्वशासित क्षेत्र सिजाङ आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जोलामाले जानकारी दिनुभयो । निवर्तमान वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । गत वर्ष सो […]
पोहोरो बिग्रेको बिपी राजमार्ग बल्ल पुनःनिर्माणको प्रक्रियामा
गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्यूपमेन्ट’ र संरचना निर्माण गरेको […]
बन्द छ, बुटवल-नारायणगढ सडक
बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का […]
दुई मोटरसाइकल ठक्किदा बाबुछोरासहित तीनको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ३४ […]
गाउँमा पाइँदैन कामदार, किसान त्याग्दैछन् अन्नबालीको खेती
म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ। वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो। सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लाग्नुभएको थियो। […]