ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ । आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो । वडानम्बर […]
जहाजमा यात्रा गर्दै हुनुहुन्छ? बढेपछीको नयाँ भाडादर हेर्नुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब […]
मुस्ताङको मानापाथी हिमालमा फेरि हिमपहिरो !
मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । २९ कार्तिक २०७८ मा हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल ले भने ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिलै नब्यहोरेको सुनाउँछन् ।’ हिमपहिरोका […]
ग्याल्पो ल्होसार
आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । शेर्पा समुदायले विभिन्न गुम्बामा पूजा आरधनासँगै विभिन्न साँस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन थालेका हुन् । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि […]
मिथिलाञ्चल १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु
मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला […]
नरभक्षी बाघ नियन्त्रणमा
बाँकेमा पाँचजनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए । […]
महाशिवरात्रिको खास धार्मिक महत्व
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]
२२ करोडको यार्सागुम्बा निर्यात; कम्बोडिया र रसियामा सबैभन्दा धेरै
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ महिनासम्म) मा नेपालले २२ करोड ८९ लाख रुपैयाँका यार्सागुम्बा निर्यात गरेको छ । यो अवधिमा ३७७ किलो यार्सागुम्बा निर्यात भएको छ । यो अवधिमा नेपालबाट सबैभन्दा धेरै कम्बोडियामा १४ करोड ३२ लाख रुपैयाँ बराबरको २२८ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । […]
सर्वसाधारणका लागि कहिले खुल्लान रत्नमन्दिर र हिमागृह ?
११ फाल्गुन २०७७, मंगलवार: फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो । राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी […]
प्रकृति संरक्षणका क्रममा ११४ जना सकल दर्जाले गुमाए ज्यान
नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरियो । मुलुकका चितवन, बर्दिया, खप्तड, […]