वर्षाको सम्भावना; कहिले, कहाँ, कती ?

हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि  हल्का वर्षा भइरहेको छ।     आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   राती प्रदेश १, बागमती प्रदेश […]

होर्डिङ बोर्ड निर्माण गर्दा ३ लाख २६ हजार भ्रष्टाचार; नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा अरु कती ?

काठमाडौं, २४ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए (LAPA) कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको […]

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।   यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ। […]

भूमिगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण

खोटाङ, १९ साउन: खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले भूमिगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् ।   सुक्खाग्रस्त क्षेत्र घोषित दुर्छिमका स्थानीयले ताराखसे सामुदायिक वन ब्लक–१, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक–२ र सारुवा भुइचुङ निजी वनमा बंकरजस्तो देखिने लाम्चो खाल्डो खनेका हुन् ।   जनसंख्या वृद्धिसँगै पानीको अभाव हुन थालेपछि […]

मनाङमा सङ्कलन भयो ४० लाखको जडीबुटी राजश्व

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९मा जङ्गली जडीबुटीबाट ४० लाख १६ हजार ६४ रूपैयाँ राजश्व सङ्कलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजश्व सङ्कलन भएको हो।   यस आवमा जिम्बु सङ्कलनबाट रु.३९ हजार ९८, वन लसुनबाट रु. ४ […]

आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, ७ साउन: आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।   बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना […]

चट्याङ्ग लागेर एक जनाको मृत्यु

नेपालमा चैत्रदेखि जेठ महिनासम्म चट्याङ्गको जोखिम बढी हुने गर्छ । हरेक वर्ष कारीब ५०० जनाले  चट्याङ्गबाट ज्यान गुमाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ ।   चट्याङ्गबाट सुरक्षित रहौँ ।            सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको […]

५ हजार वर्ष पुरानो रुख

  एजेन्सी/सान्टियागो, १९ जेठ: एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ ।   आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए ।   रुखको […]

हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण

  नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ ।      सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ […]

मेयरले पाएको मतबराबर वृक्षरोपण गर्ने

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले आफूले पाएको मतबराबर वृक्षरोपण गर्ने निर्णय गरेका छन् । शुक्रबार नगरपालिका कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पहिलो निर्णय गर्दै खानले स्वच्छ, सफा, सुन्दर नगरका लागि आफूले निर्वाचनमा पाएको मतबराबर वृक्षरोपण गर्ने निर्णय गरेका हुन् ।     कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि नेपाली कांग्रेस रुपन्देहीका […]