मनाङमा बाढी र पहिरो; स्थानीय अग्रसरतामा पिसाङ बचाऊ अभियान

गत जेठ अन्तिम साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोले मनाङ ङिस्याङ गाउँपालिकाको वडा नंं. १ पिसाङलाई नराम्ररोसँग प्रभावित ग¥यो ।     मस्र्याङदी छेउका घरहरु भत्कीए ठाडो खोलाहरुले बालीनाली विनास ग¥यो, सडक संजाल क्षतविक्षत पा¥यो ।   यसै बिच स्थानीयको अग्रसरतामा पिसाङ बचाऊ अधियान सुरु भएको छ ।     अभियान अन्तर्गत […]

सैनिक प्राविधिकको टोली सडक निरिक्षणको क्रममा मनाङ निस्याङ गा.पा.को भ्राताङमा

गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको हिमाली जिल्ला मनाङको सडक सञ्जाल पूर्णरूपमा विच्छेद छ ।   लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको मनाङको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानसमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै मनाङका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सडकको […]

चामेको झोलुङ्गे पुल बगायो; मोटर हिंड्ने पुल प्रयोग गर्न नमिल्ने – आवतजावतमा सकस

मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ ।   गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो । हिजो रातिदेखि […]

स्थानियको पहलमा काठे पुल निर्माण (फोटो फिचर)

मनाङ- नासो गाउँपालिको धनेकमा स्थानियहरुको पहलमा काठे पुल निर्माण भएको छ ।   गएको जेठ अन्तिमदेखि असार सम्मको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले खहरे खोला, ठाडो खोला र मर्स्याङ्दी नदीले जोडिएका थुप्रै गाउँहरु बिचको सम्पर्क टुटेको छ ।   बाढीको बितण्डले दुई किनार जोडेको पुलहरु बगाउँदा स्थानिय आफैले पुल निर्माण गरेका हुन् । […]

बाढी प्रभावित नासोँ र चामेँ गाउँपालिकालाई रु १० लाख बराबरकाे आर्थिक सहयोग

विनाशकारी बाढीको बितन्डका कारण मनाङको नासोँ र चामे गाउँ पालिकालाई प्रत्यक्ष प्रभाव पारेको छ ।  अविरल वर्षासँगैको बाढी र पहिरोबाट जनधनमा क्षति पुगेको थियो ।   प्राकृतिक प्रकोपका कारण मानव जीवनमा पर्न गएको आहातलाई केही कम गर्न राहात स्वरुप बिघटित प्रतिनिधी सभा सदस्य पोल्देन छोपाङ गुरूङको बिशेष पहलको साथ साथै उपस्थिति र सक्रियतामा नेपाल सरकार […]

मनाङ ङिस्याङ गाउँपालिकाका घर र गुम्ब्बा बचाउन त्रिपाल

अबिरल बर्षा र बाढी पहिरो बाट क्षेतिग्रस्त घर तथा गुम्ब्बाहरुको सुरक्षाको निम्ति १८०० के. जि. त्रिपाल मनाङ पुर्याईएको छ ।     विघटित प्रतीनिधि सभा सदस्य पाेल्देन छाेपाङ गुरुङ को पहलमा प्राप्त भएको त्रिपाल र सामाग्रीहरु मनाङका ट्रिपल पि गुरुङद्वारा हेलि चार्टर गरि मनाङका बाढी पिडितहरुका लागि मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेलाई हस्तान्तरण गरिएको […]

माथिल्लो मनाङ ङिस्याङमा खाद्यान्न अभाव

अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ । जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरुले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपद्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिनुभयो । पर्यटकीय […]

हिमपात भएपछी झन सुन्दर तिलिचो ताल; वरिपरि हिउँ, सतहमा जमेको पानी (तस्बिरहरु)

मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ ।   तस्विर : रासस तिलिचो ताल पुग्न अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक र चामेदेखि पिसाङ, हुम्दे, मनाङ अनि खाङसारसम्म मोटरमा यात्रा गर्नुपर्छ । बेसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालन छ । […]

चामेको पुल बचाउन जिल्ला देखी मन्त्रालयसम्मको पहल

असारको सुरुमा नै अविरल वर्षासंगै आएको बाढी र पहिरोले मनाङको चामेमा रहेको पुल भत्किने जोखिम छ । यो पुल जोगाउन पोल्देन छोपाङ गुरुङ जिल्ला स्थित जि.प्र.का. देखि संघीय मन्त्रालयसम्म लागेका छन् ।     गत हप्ता नै जि.प्र.का.मा भएको बैठकमा निवर्तमान प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले पुलको कुरा गम्भीरताका साथ राख्नुभएको थियो ।   […]

फेरि थुनियो मस्र्याङ्दी नदी

चामेमा मस्र्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि […]