सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश […]
पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक
नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति […]
कोरोना महामारीमा गर्भवतीको बिजोग
टीकापुर, २२ वैशाख – कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररूपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन्। कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरू बढी नै चिन्तित बनेका हुन्। टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने […]
महामारी र वैदेशिक रोजगारी– जटिल बन्दै नेपालीको मानसिक समस्या
“हरेक स्थानीय तहमा मनोचिकित्सक वा स्वास्थ्यकर्मीलाई मनोसामाजिक तालीम दिएर सेवामा खटाउन आवश्यक भइसकेको छ।” टीकापुर, २१ वैशाख- कैलालीको टीकापुरकी ४० वर्षीया अनिता (नाम परिवर्तन) का श्रीमान्को कोरोना सङ्क्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्यु भयो। उनी वैदेशिक रोजगारीका क्रममा दुबई थिए। तीन वर्ष दुबईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान् कोरोना सङ्क्रमणका कारण […]
भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो । सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ […]
मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले विश्वासको मत लिने
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले जानकारी दिएकाे […]
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १९क बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार […]
हाइब्रिड रामपुर–१०: भारतीय हाइब्रिड मकैभन्दा वढी नै उत्पादन
बाँके, १८ वैशाख- थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैका बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ। रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जनाएको छ। सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताउनुभयो। धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले […]
चिया निर्यात बढ्यो तर स्वदेशमा खपत कम; वार्षिक २०० ग्राम प्रति व्यक्ति मात्र
काठमाडौँ, १७ वैशाख – ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ वैशाख १६ गते २५औँ राष्ट्रिय चिया दिवस मनाइएको छ। मुलुकको अर्थतन्त्रलाई उठाउनका लागि चियाले भूमिका निर्वाह गर्दै आएता पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रूपमा दिवस मनाउन भने सकिएन। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालका […]
के उनीहरूले गाउँगाउँमा कोरोना भाइरस पुर्याए?
काठमाडौँ, १६ वैशाख: काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो। त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए। आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ […]