एक अण्डाको औसत मूल्य रु १६.५०, तैपनि किसान घाटामा

  गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन्।   अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य […]

२९ करोडको खानेपानी योजना, ठेकेदार सम्पर्कविहीन, पानीमा आची

  दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो।   स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ। पछिल्लो दुई सातादेखि धमिलो […]

युट्युबलाई गुरु थापेर चम्केका भक्तबहादुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त हुनुहुन्छ। काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिक्नुभएको भने होइन। मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिक्नुभएको।   आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उहाँ संलग्न हुनुभयो। गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग […]

चराका लागि कान्ति ताल जोगाउन संघर्ष

  कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो। बाँके,नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो।   जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल […]

त्रिविविको छात्रावासमा न सरसफाइ, न व्यवस्थापन, सांसदले गरे अनुगमन

कीर्तिपुर ।   मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।   त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र […]

राष्ट्रकविले खेल्ने, बस्ने गरेको चौतारा मर्मत

    चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा जीर्ण बन्दै गएको उपल्लो टाउको चौताराको मर्मत गरी संरक्षण गरेको हो।   राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार प्रदेश सरकारको रु १० लाख लाखतमा चौतारा मर्मत  तथा संरक्षण गर्ने कार्य सम्पन्न भएको छ। उहाँले भन्नुभयो, “चौतारा वरिपरी पर्खाल लगाउने, चौतारासम्म पुग्ने दुई सय मिटर […]

दलित महिलालाई मध्यरातमा चर्पी जाने बाध्यता

  १८ महिने सुत्केरी दिपासा बिक हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो।   तुलनात्मक रुपमा सम्पन्न गोरखाको […]

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन   

मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो । उहाँले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो […]

विवादास्पद संवैधानिक नियुक्तिलाई सर्वोच्चको वैधता, बहुमतको फैसलाले जोगियो ५२ पदाधिकारीको पद- पूर्णपाठसहित

 काठमाडौं । लामो समयदेखि विवादमा रहेको संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्ततः फैसला सुनाएको छ। अदालतको संवैधानिक इजलासले बुधबार मध्यरातमा आफ्नो निर्णय सार्वजनिक गर्दै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको ५२ जना पदाधिकारीको नियुक्तिलाई बहुमतका आधारमा सदर गरेको हो। यो फैसलासँगै ती सबै पदाधिकारीको पद जोगिएको छ र उनीहरूको नियुक्तिले कानुनी वैधता पाएको छ।   […]

बस्नेतको आरोपप्रति महामन्त्री थापाको टिप्पणी “फोहोर चलाएर फोहोरी बन्दिन!”

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई “गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित” फोहोरको संज्ञा दिएका छन्। थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् — “फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।”   टेरामाक्स प्रकरणमा मुछिँएर धरौटीमा छुटेका मोहन बस्नेतले […]