तिलिचो संम्वाददाता

एमाले र राप्रपाबीच चुनावी तालमेल !

आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने लगभग निश्चित भएको छ ।   दुई पार्टीबीच तालमेलका विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।   कांग्रेस नेतृत्वको सत्तारुढ गठवन्धन विस्तारित बलियो बन्दै गएपछि दवावमा परेको एमालेले राप्रपालाई साथ लिन खोजेको हो ।   केही […]

तीन महिनामा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं, २६ साउन: बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।   अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।   सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक […]

होर्डिङ बोर्ड निर्माण गर्दा ३ लाख २६ हजार भ्रष्टाचार; नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा अरु कती ?

काठमाडौं, २४ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए (LAPA) कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको […]

एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति

काठमाडौं ,२४ साउन: वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन ।   पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने […]

स्याउ काँचो निर्यात गर्दा …

जुम्ला, २० साउन: जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै  कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो ।   विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले […]

मुख्यमन्त्रीको निर्देशनमै चलखेलमा कमसल साइकल आपूर्तिको चाँजोपाजो मिलाउने कार्य सुरु भएको थियो

मधेस प्रदेश सरकारले माग गरेको दोश्रो पटकको साइकल सप्लाइको ठेक्का ओम सत्यसाई प्रालि वीरगञ्ज लिए पनि त्यसको सबै चाँजोपाजो वीरगञ्जका उद्योगपति राजेश अग्रवालले मिलाउनु भएको खुलेको छ।   आधिकारिक रूपमा चाहिँ यो ठेक्का राजेशकी श्रीमती मिरा अग्रवाल समेत साझेदार भएको ओम सत्यासाईले पाएको थियो। यसका अन्य साझेदारहरूमा राजेशकी बहिनी रेणु अग्रवाल हुनुहुन्छ। आफू भारतीय भएको […]

नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो: मन्त्री चौधरी

काठमाडौं, १८ साउन: शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् ।   उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।   सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, […]

सप्तकोसीको बाढी मानव वस्तीमा पस्यो; धारै परिर्वतन हुन सक्ने खतरा

उदयपुर, १८ साउन: बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन ।   सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन ।   पूर्वी […]

कृषि विकास कार्यालयको कार्यकक्ष परिसरमै मदिरा सेवन

सुुर्खेत, १८ साउन: जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन ।   वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।     नेत्र विक्रम  चन्द ( विप्लव) नेतृत्वको […]

तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा चर्चा नहुनु महाकाली सन्धिमा कमजोरी

पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका बोल्दै कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत महाकाली सन्धि नेपालको संसदले अनुमोदन गरेको साढे दुई दशकपछि उक्त सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन्।  कार्यक्रमका बोल्दै तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको बताएका छन् ।   एकीकृत महाकाली सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण […]