तिलिचो संम्वाददाता

दुर्गममा चिकित्सक पाउनै गाह्रो ः पाए टिकाउन साह्रो

१३ साउन (रासस) :  हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को चिकित्सक उक्त दरबन्दी खटाइए । चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड–१९ अस्पताल बनाइयो ।     कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको […]

लाइन काटेर बक्यौता असुल

१३ साउन (रासस) : नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ ।   महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले […]

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

१३ साउन (रासस) : म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।   […]

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

१२ साउन : पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।   मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माले जानकारी दिइन् । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका […]

बाल विवाह अन्त्यका लागि रणनीति स्वीकृत

१२ साउन (रासस) : लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।   प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति […]

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

१२ साउन (रासस) : कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ ।   कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले […]

५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याइने

१२ साउन (रासस) : खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले आफ्नो कामलाई तीव्र पारेको छ । आयोजना प्रमुख राजु आचार्यले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएकोे जानकारी दिनुभयो ।     “यो कार्यालयको उद्देश्य भनेको ५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने हो, सोही अनुरुप हामीले काम गर्न थालेका […]

कागज उद्योग स्थापना हुँदै ः दैनिक ७५ टन उत्पादन हुने

११ साउन (रासस) :  महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गर्नुभएको हो ।   अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको […]

हराएका बालबालिकाको उद्धार

११ साउन (रासस) : बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ निवासी ११ वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ । बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक […]

अझै गति लिएन औद्योगिक ग्राम निर्माणले

११ साउन (रासस) : स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका दुई औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा विसं २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो ।   जग्गा व्यवस्थापन भएको डेढ वर्ष बितिसक्दा […]